१११ अंक घट्यो सेयर बजार

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ११, २०८१
|
|
५७ पटक हेरिएको
Shares
१११ अंक घट्यो सेयर बजार

सारांश

  • काठमाडौं।
  • यो सातामा कारोबारको दोस्रो दिन पनि पुँजीबजारमा उच्च अंकको गिरावट देखिएको छ।
  • आइतबार ७९ दशमलव ८८ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक सय ११ दशमलव ९६ अंकले घटेर दुई हजार सात सय ८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ।

काठमाडौं। यो सातामा कारोबारको दोस्रो दिन पनि पुँजीबजारमा उच्च अंकको गिरावट देखिएको छ। आइतबार ७९ दशमलव ८८ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक सय ११ दशमलव ९६ अंकले घटेर दुई हजार सात सय ८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ।

आज नेप्से परिसूचक तीन दशमलव ८६ प्रतिशतले घटेको हो। आज तीन सय ३० कम्पनीको चार करोड ३८ लाख ६८ हजार नौ सय ७० कित्ता शेयर दुई लाख ३४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार एक सय ७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

होटल तथा पर्यटन समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैंकिङ चार दशमलव ९२, विकास बैंक चार दशमलव १८, वित्त चार दशमलव ६९ र लगानी समूह चार दशमलव १३ प्रतिशतले घटेको छ।

त्यस्तै, जलविद्युत् तीन दशमलव ९६, जीवन बीमा तीन दशमलव ६५, उत्पादन तथा प्रशोधन दुई दशमलव ९३, लघुवित्त दुई दशमलव ९६, म्युचुअल फन्ड एक दशमलव ०९, निर्जीवन बीमा दुई दशमलव ४५, व्यापार दुई दशमलव १६ र अन्य समूह तीन दशमलव ८५ प्रतिशतले घटेको छ।

तारागाउँ रिजेन्सी होटल लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्ति पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६५ करोड ४२ लाख नौ हजार पाँच सय ८२ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको १४ लाख ५९ हजार चार सय ५० बराबरको कारोबार भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु
जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि
जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि
नेकपामा विवाद उस्तै, प्रम ओलीसँग उधारोमा सहमति नखोज्ने नेपाल पक्षको अडान
नेकपामा विवाद उस्तै, प्रम ओलीसँग उधारोमा सहमति नखोज्ने नेपाल पक्षको अडान
राष्ट्रपति भण्डारी किन गइन् कतार ?
राष्ट्रपति भण्डारी किन गइन् कतार ?
सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री
सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री
फ्रान्सेली बैंकद्वारा एक हजार ६०० कर्मचारी कटौती गर्ने घोषणा
फ्रान्सेली बैंकद्वारा एक हजार ६०० कर्मचारी कटौती गर्ने घोषणा
‘नोट छाप्दाको भ्रष्टाचार लुकाउन पत्रकारलाई थाइल्याण्ड र अष्ट्रेलिया लगेको’ : अख्तियार
‘नोट छाप्दाको भ्रष्टाचार लुकाउन पत्रकारलाई थाइल्याण्ड र अष्ट्रेलिया लगेको’ : अख्तियार
ओली–प्रचण्डले थाले आन्तरिक गृहकार्य, के हुँदैछ भोलि चमत्कार ?
ओली–प्रचण्डले थाले आन्तरिक गृहकार्य, के हुँदैछ भोलि चमत्कार ?
आइजीपी बन्न दौड सुरु, एआइजीको प्रतिष्पर्धामा यी डिआइजी
आइजीपी बन्न दौड सुरु, एआइजीको प्रतिष्पर्धामा यी डिआइजी
यी हुन्  साढे दुई वर्षमै सात करोड कमाउने अधिकृत
यी हुन् साढे दुई वर्षमै सात करोड कमाउने अधिकृत

तपाईंले छुटाउनुभयो कि?