१२ कोठे घरकाे प्रलाेभनमा पर्दा…

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
४० पटक हेरिएको
Shares
१२ कोठे घरकाे प्रलाेभनमा पर्दा…

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

डडेल्धुरा,  २३ साउन । डडेल्धुराकी २२ वर्षीया एक युवतीलाई श्रीमानले पाँच वर्षदेखि वास्ता गर्न छाडेपछि बिचल्लीमा परिन् । कलिलो उमेरमै विवाह गरेकी उनलाई श्रीमानले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह(दलाल)को फन्दामा परिन् । युवतीको अवस्थालाई नजिकबाट नियाल्दै आएका डडेल्धुरा अमरगढी नगरपालिका–८ का रुपेन्द्र पाण्डेयले अनेकौं प्रलोभनमा पारेर भारत लग्दै गरेको अवस्थामा कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उद्दार गरिएपछि रहस्य खुलेको हो ।

पाण्डेयले युवतीलाई कैलालीको धनगढीमा १२ कोठे घर र अन्य सम्पतिसमेत छ भन्दै फकाएर भारत लगिरहेको अवस्थामा प्रहरीको फन्दामा परेका हुन् । कञ्चनपुर प्रहरी हिरासतमा रहेका पाण्डेयले युवतीलाई सामान किन्ने बहानामा दिल्ली लैजाँदै गड्डाचौकीमा पक्राउ परेका हुन् ।मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि गड्डाचौकीमा स्थापना गरिएको ‘थ्री एन्जल्स नेपाल’ संस्थाले २३ असारमा युवतीको उद्धार गरी आफ्नो संरक्षणमा राखेको छ । ‘युवतीका श्रीमान् पनि भारतमै लामो समयदेखि मजदुरी गरिरहेका रहेछन्’ थ्री एन्जल्स नेपाल कञ्चनपुरका इन्चार्ज बेलु नेपालीले भने ।

आर्थिक अवस्था निकै कमजोर भएपछि युवती दलाल पाण्डेयको प्रलोभनमा परेकी खुलेको छ । पाण्डेयले युवतीलाई विवाह गर्ने बताएका थिए । विवाहपछि भारतमै बस्दै आएकी युवतीका श्रीमान् अहिलेसम्म सम्पर्कमा आएका छैनन् । पाण्डेयलाई डडेल्धुराको पोखराबाट प्रहरीले पक्राउ गरेको छ । “युवतीको गहनासमेत बेचेर श्रीमती भन्दै भारत लगिरहेको थियो’ थ्री एन्जल्स नेपालकी इन्चार्ज नेपाललीले भने । उनलाई सोधपुछका क्रममा नियन्त्रणमा लिएपछि अभियुक्त पाण्डेय भारतको बनबासातर्फ भागेका थिए ।

उनी भारतको झुलाघाट हुँदै बैतडीबाट डडेल्धुरा फर्किएका थिए ।पाण्डेयमाथि कानूनी कारबाही अघि बढाइएको छ । ‘अनुसन्धानका क्रममा पाण्डेयको घरमा तीनवटी श्रीमती रहेको खुलेको छ’ नेपालीले भने, ‘दुईवटा श्रीमती घरमै छन्,अर्की श्रीमती बाहिर रहेको पाइएको छ ।’ थ्री एन्जल्सले उद्धारपछि युवतीलाई आयमूलक सीपका लागि केन्द्रीय कार्यालय पोखरा पठाउने तयारी गरेको छ । ‘पोखरामा सीप सिकेर केही काम गर्ने योजनामा छु, ती युवतीले भनिन् । पश्चिमीनाका गड्डाचौकीबाट पछिल्लो समय रोजगारीका लागि तेस्रो मुलुक जाने महिलाको संख्या बढ्दै गएको छ । घरबाट विभिन्न बहना बनाई दलालको सम्पर्कमा आएर सो नाकाबाट महिला सोझै दिल्ली पुग्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध विदेशी च्यानल प्रसारण गर्नेलाई कारवाहीको दायरामा ल्याइँदै
अवैध विदेशी च्यानल प्रसारण गर्नेलाई कारवाहीको दायरामा ल्याइँदै
निस्क्रिय भएर बस्ने कसैलाई छुट छैन:  कमल थापा
निस्क्रिय भएर बस्ने कसैलाई छुट छैन: कमल थापा
आज जेठ १९ गते, कुन राशीलाई कस्तो कस्तो छ दिन ?
नेपाली कांग्रेसलाइ सांसद बस्नेतको गतिलो झापड (भिडियाे सहित)
नेपाली कांग्रेसलाइ सांसद बस्नेतको गतिलो झापड (भिडियाे सहित)
भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु
भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु
अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?
अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?
एमालेलाई रोक्न जिल्ला समन्वय समितिको चुनावमा तालमेल गर्न कांग्रेस र माओवादी सहमत..
एमालेलाई रोक्न जिल्ला समन्वय समितिको चुनावमा तालमेल गर्न कांग्रेस र माओवादी सहमत..
ओली प्रधानमन्त्री बनेलगत्तै माधव नेपाल डराउन थाले, पार्टी फुटाइदिने चिन्ता
पोल गाड्दा करेण्ट लागेर डोटीमा चार जनाको मृत्यु
पोल गाड्दा करेण्ट लागेर डोटीमा चार जनाको मृत्यु
जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि सेवा बन्द
जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि सेवा बन्द