१२ वर्षकै उमेरमा आमा बन्न लागेपछि प्रधानमन्त्रीकाे चासाे

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर ५, २०७५
|
|
६० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं , ५ मंसिर ।
  • १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो ।

काठमाडौं , ५ मंसिर । १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो ।

प्रधामन्त्री कार्यालयले चासो दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङको पहलमा चेपाङलाई सोमबार साँझ हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । हेटौंडामा भन्दा काठमाडौंमा उपचार गर्दा गंगामायालाई जोखिम कम हुने भन्दै प्रधानमन्त्री कार्यालयले उपचारका लागि काठमाडौं पठाउन भनेपछि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । चार कक्षमा अध्ययन गरिरहँदा उनले गत वर्ष भागेर बिवाह गरेकी थिइन् । उनका श्रीमान् रञ्जित चेपाङले छाडे पनि पछिल्लो समय सम्पर्कमा रहेको आमा राममाया बताउँछिन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आफ्नै गाडीमा राखेर हेटौंडा ल्याएपछि अत्तालिएकी चेपाङ मंगलबार बिहान आफूलाई केही नभएको भन्दै घर फर्काइदिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्दै थिइन् ।

पहिलो पटक हेटौंडा आएकी उनले घरमा बस्दा कुनै समस्या नभएको र सामान्य कामहरु समेत गरिरहेको बताइन् । एक वर्षअघि भागेर बिवाह गरेकी गंगामाया गर्भवती भएपछि आमासँग बस्दै आएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निस्क्रिय
संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निस्क्रिय
वृद्ध भत्ता पाँच हजार!
वृद्ध भत्ता पाँच हजार!
लामो लिंग हुनेलाई श्रीमतीले धोका दिने, अरु रोचक कारण यस्ता छन्
लामो लिंग हुनेलाई श्रीमतीले धोका दिने, अरु रोचक कारण यस्ता छन्
गगन थापाले भने ‘पार्टीमा नयाँ तरङ्ग ल्याउँछ’
गगन थापाले भने ‘पार्टीमा नयाँ तरङ्ग ल्याउँछ’
ओली–प्रचण्ड वालुवाटारमा भेटवार्ता सुरु, यस्ता छन एजेण्डा
ओली–प्रचण्ड वालुवाटारमा भेटवार्ता सुरु, यस्ता छन एजेण्डा
सर्वोच्चको प्रश्न– ‘लोकसेवाको विज्ञापन रद्द किन नगर्ने ?’
सर्वोच्चको प्रश्न– ‘लोकसेवाको विज्ञापन रद्द किन नगर्ने ?’
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश
सगरमाथा क्षेत्र छोड्दै विदेशी पर्यटक, लुक्लामा यात्रुको घुइँचो
सगरमाथा क्षेत्र छोड्दै विदेशी पर्यटक, लुक्लामा यात्रुको घुइँचो
यी हुन कानुन मिच्नेहरु नाम सहित- सरकारी गाडी दुरुपयोग, सेतो प्लेटलाई रातो बनाएर
यी हुन कानुन मिच्नेहरु नाम सहित- सरकारी गाडी दुरुपयोग, सेतो प्लेटलाई रातो बनाएर
सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः अध्यक्ष प्रचण्ड
सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः अध्यक्ष प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?