१२ वर्षीया बालिका बलात्कृत
सारांश
- पर्वत, १५ असाेज ।
- पर्वतको मोदीगाउँपालिका १ भूक देउरालीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
- भूक देउरालीमै बस्ने २२ वर्षीय सविन छन्त्यालले असोज १३ गते शनिबार राति बालिका बलात्कार गरी फरार भएका हुन् ।
पर्वत, १५ असाेज । पर्वतको मोदीगाउँपालिका १ भूक देउरालीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । भूक देउरालीमै बस्ने २२ वर्षीय सविन छन्त्यालले असोज १३ गते शनिबार राति बालिका बलात्कार गरी फरार भएका हुन् । घरमा बसेर कोठामा पढ्दै गरेकी बालिकालाई छन्त्यालले बलात्कार गरेको भन्दै पीडितका अभिभावकले आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका छन् ।
बलात्कार आरोपी छन्त्याल घटनापछि फरार रहेका छन् । वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका छन्त्यालको राहदानी रोक्का गरी खोजतलास थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । असोज महिना लागेपछि पर्वतमा तीनजना बालिका बलात्कृत भएका छन् । जलजला गाउँपालिकामा १० बर्षिय बालकबाट ७ वर्षीया बालिका बलात्कृत भएकी थिइन् भने कुस्मानगरपालिका २ मा पनि २० वर्षीय विनोद नेपालीले १३ वर्षीया बालिका बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका थिए ।
प्रतिक्रिया