समाचार संकलनमा रोक लगाएकोमा महासंघको आपत्ति

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ३०, २०७५
|
|
३६ पटक हेरिएको
Shares
समाचार संकलनमा रोक लगाएकोमा महासंघको आपत्ति

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पत्रकारलाई समाचार संकलनमा रोक लगाएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
  • महासंघका महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मुस्ताङस्थित मुक्तिनाथ मन्दिर दर्शन र काठमाडौं महानगरपालिकाबाट गरिएको नागरिक अभिनन्दन कार्यक्रममा नेपाली पत्रकारलाई समाचार संकलनमा रोक लगाएकोमा गम्भीर ध्यानाकर्ष भएको जनाएका छन् ।
  • दुईदिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान पर्यटकीय जिल्ला मुस्ताङको भ्रमण एवं मुक्तिनाथको दर्शनका क्रममा र दिउँसो काठमाडौं महानगरपालिकाद्वारा राष्ट्रिय सभा गृहमा गरिएको अभिनन्दन समारोहको समाचार संकलनका क्रममा सञ्चारमाध्यमलाई रोक लगाइएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पत्रकारलाई समाचार संकलनमा रोक लगाएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मुस्ताङस्थित मुक्तिनाथ मन्दिर दर्शन र काठमाडौं महानगरपालिकाबाट गरिएको नागरिक अभिनन्दन कार्यक्रममा नेपाली पत्रकारलाई समाचार संकलनमा रोक लगाएकोमा गम्भीर ध्यानाकर्ष भएको जनाएका छन् ।

दुईदिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान पर्यटकीय जिल्ला मुस्ताङको भ्रमण एवं मुक्तिनाथको दर्शनका क्रममा र दिउँसो काठमाडौं महानगरपालिकाद्वारा राष्ट्रिय सभा गृहमा गरिएको अभिनन्दन समारोहको समाचार संकलनका क्रममा सञ्चारमाध्यमलाई रोक लगाइएको थियो ।

मोदी भ्रमणको समाचार संकलनका लागि पर्यटन मन्त्रालयले सञ्चारमाध्यमलाई विशेष पासको व्यवस्था गरेको थियो । तर, पास लिएका सञ्चारमाध्यमलाई पनि समाचार संकलनमा रोक लगाइएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bikranta Lama

    मिदी जो पाल्तु कुकुर को आदेश होला थुक्क बेइमानी kp

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?