जहाज खरिदमा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष ८, २०८०
|
|
५२ पटक हेरिएको
Shares
जहाज खरिदमा कुनै कमजोरी नहोस् :  प्रधानमन्त्री

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाज खरिद प्रक्रियामा कुनै पनि त्रुटि र विवाद नहुने गरी पारदर्शी ढङ्गले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन् ।
  • सिंहदरबारमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफल कार्यक्रममा उनले जहाज खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाज खरिद प्रक्रियामा कुनै पनि त्रुटि र विवाद नहुने गरी पारदर्शी ढङ्गले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

सिंहदरबारमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफल कार्यक्रममा उनले जहाज खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । यसपटक यस्तो गल्ती नहोस् । जहाज खरिद प्रक्रिया शतप्रतिशत सही, त्रुटिरहित र पारदर्शी हुनुपर्छ । यस पटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठुन्, कुनै त्रुटि नहोस् ।’ हाम्रा कतिपय नीति नियम पर्यटकमैत्री नभएकाले त्यसलाई तत्काल बदल्ने प्रक्रिया अगाडि बढाउनु जरुरी रहेका उनको भनाइ थियो ।

‘पर्यटकका लागि सहज वातावरण बनाउनेतर्फ सबैले सोचौँ । तपाईँहरूले प्रस्ताव ल्याउनुस्, निषेधित क्षेत्र खुला गरेर पर्यटक आकर्षित गरौँ । पर्यटकीय क्षेत्रमा रात्रिकालीन सेवा पनि सहज गरिदिनुपर्छ । यसमा पनि सरकार लचिलो हुनुपर्छ’, प्रधानमन्त्री दाहालले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजनीतिक दबाबमा निर्माण गरिएका विमानस्थल प्रभावकारीरुपमा सञ्चालन हुन नसकेको बताउँदै आगामी दिनमा आवश्यकताका आधारमा मात्रै विमानस्थल निर्माण गर्नुपर्ने उल्लेख गरे । उनले पर्यटकका लागि निषेधित क्षेत्र घोषणा गरिएकामा त्यसको समाधान खोज्नुपर्ने, भैरहवा र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि कूटनीतिक पहल लिनुपर्ने बताए ।

छलफलमा खानेपानीमन्त्री महेन्द्रराय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराती, राज्यमन्त्री सुशीला श्रीपाली, नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याल, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, संस्कृति सचिव दीपक काफ्ले, अर्थसचिव कृष्णहरि पुष्करलगायतले आ–आफ्नो मन्त्रालय र जिम्मेवारीसँग सम्बन्धित विषयमा धारणा राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वका शक्तिशाली १०० प्रेरक महिलामा परिन् उमादेवी वादी
विश्वका शक्तिशाली १०० प्रेरक महिलामा परिन् उमादेवी वादी
सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ
सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ
आँसु थामे प्रचण्डले,मञ्चमै भक्कानिइन् सीता!
आँसु थामे प्रचण्डले,मञ्चमै भक्कानिइन् सीता!
बालुवाटार जग्गा प्रकरण : नयाँ खुलासा
बालुवाटार जग्गा प्रकरण : नयाँ खुलासा
पार्टी एकता भएपछि ऐतिहासिक कामः अध्यक्ष प्रचण्ड
सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्व – मन्त्री पुन
सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्व – मन्त्री पुन
देउवाले भने : माओवादी र माधव नेपाललाई पनि साथमै लिएर जाने हो
देउवाले भने : माओवादी र माधव नेपाललाई पनि साथमै लिएर जाने हो
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो
मुम्बईको अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
मुम्बईको अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन
लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन

तपाईंले छुटाउनुभयो कि?