१७ औँ पटकको अनशनका लागि डा. केसी डढेलधुरा पुगे

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १८, २०७६
|
|
५४ पटक हेरिएको
Shares
१७ औँ पटकको अनशनका लागि डा. केसी डढेलधुरा पुगे

सारांश

  • प्रा.
  • डा.
  • गोविन्द केसी अनसन बस्नका लागि डडेलधुरा पुगेका छन् ।

प्रा.डा. गोविन्द केसी अनसन बस्नका लागि डडेलधुरा पुगेका छन् । डा केसीले सरकारले आफूसँग गरेको सहमति कार्यन्वयन नगरेको भन्दै १७ औं पटक अनसन बस्न लागेका हुन् । केसीले अनसन बस्नुअघि स्वास्थ्य परीक्षण गराएका छन् ।

डा केसीले आफ्नो १७ औं अनसनका लागि केही दिन अघि देखि काठमाडौं मा अनसन स्थलको खोजिमा समेत लागेका थिए । काठमाण्डौमा उचित स्थान नपाएपछि केसी डडेलधुरा पुगेका हुन् ।

चिकित्सा शिक्षाका सुधारका लागि डा केसीले टिचिङ अस्पतालमै २०६९ साल असार २१ गते पहिलो अनशन शुरू गरेका थिए । गत असोज २७ गते उमेर हदका कारण टिचिङबाट अवकाश पाएपछि उनी अहिले अनसन स्थालको खोजिमा लागेका थिए ।

डा केसीले आफ्नो १७ अनसनको माग भने असोज २७ गतेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए । उनले यसअघि आफ्ना माग पूरा गर्न सरकारलाई कात्तिक ८ गतेसम्मको अल्टिमेटम दिएका थिए ।

कात्तिक १३ गतेदेखि अनसन बस्ने भने पनि डाक्टर केसीले तिहार र छठलाई लक्षित गर्दै आफ्नो अनसन भोलि १८ गतेका लागि सारेका थिए । आफ्ना मागहरूलाई सरकारले व्यवास्ता गरेको भन्दै डाक्टर केसीले १७ औं अनसन बस्न लागेका हुन् ।

यस्ता छन् डा केसीका माग

१.हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस ।

२. विश्वबिद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस ।

३. आंदोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस । अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस ।

४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस ।

५..कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर ःद्यद्यक् कार्यक्रम संचालन गरियोस। कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ःम्न्ए कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्विकृती दिँदै शीघ्र ःद्यद्यक् कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस । प्रदेश नं दुई र चार तथा डोटीरडडेल्धुरा, उदयपुर र इलामरपाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस ।

६. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतारमा हुने मिस विश्वकर्मामा ८ सुन्दरी छानिए…
कतारमा हुने मिस विश्वकर्मामा ८ सुन्दरी छानिए…
अधिकतम भाडा नलिने वायुसेवा संघकाे निर्णय
अधिकतम भाडा नलिने वायुसेवा संघकाे निर्णय
Akshay Kumar & Mouni Roy’s chemistry in Gold’s song ‘Naino Ne Baandhi’ is impressive!
Akshay Kumar & Mouni Roy’s chemistry in Gold’s song ‘Naino Ne Baandhi’ is impressive!
दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार
दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार
लिग कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जित्यो
लिग कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जित्यो
डढेलोबाट घरगोठ नष्ट, एक दर्जन सामुदायिक वनमा आगलागी
डढेलोबाट घरगोठ नष्ट, एक दर्जन सामुदायिक वनमा आगलागी
ट्याक्सी चालक राजकुमार लामाको मृत्यु रक्सीको कारण नभई हत्या नै: प्रहरी
ट्याक्सी चालक राजकुमार लामाको मृत्यु रक्सीको कारण नभई हत्या नै: प्रहरी
‘अल्पमत’कै कब्जामा नेपालको शासन सत्ता
‘अल्पमत’कै कब्जामा नेपालको शासन सत्ता
बुद्ध लामा बने पहिलो ‘नेपाल आइडल’ !
बुद्ध लामा बने पहिलो ‘नेपाल आइडल’ !
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com

तपाईंले छुटाउनुभयो कि?