२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो…

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र २७, २०७९
|
|
४६ पटक हेरिएको
Shares
२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो…

सारांश

  • काठमाडौँ।
  • संयुक्त वाममोर्चा संलग्न नेपाली कांग्रेस नेतृत्वको आन्दोलनरत दलहरुसँग २०४६ साल चैत २६ गते मध्यरात नारायणहिटी राजदरबारमा वार्ता भयो।
  • तत्कालीन पञ्चायती शासक राजनीतिक दलहरुमाथिको प्रतिवन्ध फुक्का गर्न राजी भयो।

काठमाडौँ। संयुक्त वाममोर्चा संलग्न नेपाली कांग्रेस नेतृत्वको आन्दोलनरत दलहरुसँग २०४६ साल चैत २६ गते मध्यरात नारायणहिटी राजदरबारमा वार्ता भयो। तत्कालीन पञ्चायती शासक राजनीतिक दलहरुमाथिको प्रतिवन्ध फुक्का गर्न राजी भयो।

त्यसको भोलिपल्ट चैत २७ गते टुँडिखेल खुलामञ्चमा भेला भएर जनताले विजयोत्सव मनाए। खुशियाली मनाइरहेका जनसमुदायको त्यस घडीको एउटा फोटोले त्यसबेला निक्कै चर्चा बटुल्यो – त्यतिखेरको राजनीतिक माहोल र जनभावना प्रतिबिम्वित गर्न सकेको भनेर।

प्रतिवन्धित दलका झण्डाहरुमाझ सेतो पहिरनमा रहेकी एक महिलाले उल्लासमा दुबै हात उठाइरहेको फोटो थियो त्यो। ती महिला दुर्गा थापा थिइन्।

त्यस ऐतिहासिक क्षणलाई क्यामेरामा कैद गरेका फोटो पत्रकार मीनरत्न बज्राचार्य भन्छन्, “निरङ्कुशताविरुद्धको जनताको ऐक्यवद्धताका साथसाथै जनबल कति शक्तिशाली हुन्छ भनेर पनि सन्देश दिन सकेको भनेर राजनीतिक विश्लेषकहरुले यस फोटोलाई हेरेर अथ्र्याउने गरेका छन्।” त्यो फोटो समग्र जनआन्दोलनकै प्रतीक बन्यो।

चैत २७ गतेको दिन खुलामञ्चबाट आफूले क्यामेराको ‘सटर स्पीड’ दबाउँदै गर्दा लेन्समा देखापरेपछि अनायासै तिनै महिलाको केही ‘सट’ खिचेको उनी स्मरण गर्छन्। यो फोटो जताततै छापिन थालेपछि छविकार बज्राचार्य र आन्दोलनकारी थापा दुबै चर्चित बने।

थापाले २०६२–६३ को जनआन्दोलनमा पनि सक्रिय सहभागिता जनाएकी थिइन्। त्यस बखत भीडको माझ अबीरले रङ्गिएकी उनको फोटो समेत पत्रकार बज्राचार्यले खिच्न भ्याएका थिए। थापालाई ६२–६३ को जनआन्दोलनसम्मै सञ्चारकर्मी विशेष गरी फोटो पत्रकारहरुले पछ्याइआएका थिए।

थापा हिजोआज त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अध्यागमन अधिकृत (तेश्रो तह) मा कार्यरत छिन्। ६२÷६३ सालको जनआन्दोलनताका तरुण दलको जिल्ला सदस्य रहेकी उनी लोकतन्त्र बहालीको आन्दोलनमा आफू थुप्रै पटक गिरफ्तारीमा परेको सुनाउँछिन्।

विद्यार्थी छँदादेखि उनी राजनीतिमा लागिन्। समाज रुपान्तरणको सङ्घर्षमा होमिएर धेरै कष्ट उठाएको बताउँने उनी अहिले कुनै नेताले आफ्नो त्यस बखतको समर्पणलाई सम्झेर स्याबासी दिए त्यसैलाई पुरस्कार ठान्छु भन्छिन्।

विषयवस्तुसँग तादात्म्यता राख्ने भएका कारण कतिपय लेखकहरुले आफ्नो पुस्तकको आवरणलाई यो फोटोले सजाएका छन्। ‘डन अफ डेमोक्रेसी’, ‘नेपालस् स्ट्रगल फर डेमोक्रेसी’, ‘दि डान्सिङ डेमोक्रेसी’ पुस्तक केही उदाहरण हुन्।

केही पुस्तक प्रकाशोन्मुख रहेको बुझिएको छ। कतिपयका गीति एल्बममा पनि यो फोटो परेका छन्। समाचारसँगसँगै यो फोटोलाई छाप्ने अखबार र पत्रपत्रिका बगे्रल्ती छन्।

यही फोटोलाई अब फेरि ‘मुनाल’ भू–उपग्रहमा टाँस्न आफूसँग अनुमति मागिएबाट बजाचार्य खुशी छन्।

“अन्तरिक्षमा पठाउने भनी प्लस २ का विद्यार्थीहरुको एक समूहले तयार गरेको नेपालको भू–उपग्रहमा यस फोटोले ठाउँ पाए त्यो अर्को सन्तोषको विषय हुनेछ”, प्रफुल्ल हुँदै बज्राचार्यले भने।

(https://www.cookwarejunkies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोइला जान पाम भन्ने ओलिले पार्टीको झ्न्डा नै फेरे पछि…
पोइला जान पाम भन्ने ओलिले पार्टीको झ्न्डा नै फेरे पछि…
मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वनमन्त्री मनाङेले दिए राजीनामा
मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वनमन्त्री मनाङेले दिए राजीनामा
पर्यटकीय गन्तव्य बन्दै कोरला नाका
पर्यटकीय गन्तव्य बन्दै कोरला नाका
प्रि–बजेटमाथिको छलफल प्रस्ताव, आईतबारदेखि छलफल हुने
प्रि–बजेटमाथिको छलफल प्रस्ताव, आईतबारदेखि छलफल हुने
किष्ट बैंक घोटालामा संलग्न घर्ती र श्रेष्ठ पक्राउ, नयाँ कसुरमा पक्राउ गरेको प्रहरीको दाबी
किष्ट बैंक घोटालामा संलग्न घर्ती र श्रेष्ठ पक्राउ, नयाँ कसुरमा पक्राउ गरेको प्रहरीको दाबी
उपेन्द्र यादव सरकारबाट बाहिरिने
उपेन्द्र यादव सरकारबाट बाहिरिने
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
एसईईको नतिजा प्रकाशनमा देखिएको गल्ती छानबिन गर्न समिति गठन
किशोरावस्थामा यौन सम्पर्क नगर्ने सल्लाह उचित कि अनुचित
किशोरावस्थामा यौन सम्पर्क नगर्ने सल्लाह उचित कि अनुचित
बलिउड अभिनेता अभिषेक बच्चन बने ट्रोलकाे शिकार
बलिउड अभिनेता अभिषेक बच्चन बने ट्रोलकाे शिकार

तपाईंले छुटाउनुभयो कि?