२४ गते अञ्जुको एकल साँझ, यति छ प्रवेश शुल्क

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २२, २०७४
|
|
३८ पटक हेरिएको
Shares
२४ गते अञ्जुको एकल साँझ, यति छ प्रवेश शुल्क

सारांश

  • लोकप्रिय गायिका अन्जु पन्त पहिलो पल्ट एकल साँझ हुने भएको छ ।
  • अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि अन्जु एकल गायनका लागि प्रस्तुत हुन लागेकी हुन् ।
  • आउँदो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा साँझ ४ बजेबाट सुरु हुने कार्यक्रममा अन्जुले आफ्ना जीवनकालका चर्चित आधा दर्जन गीत सुनाउने तयारी गरिरहेकी छिन् ।

लोकप्रिय गायिका अन्जु पन्त पहिलो पल्ट एकल साँझ हुने भएको छ । अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि अन्जु एकल गायनका लागि प्रस्तुत हुन लागेकी हुन् । आउँदो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा साँझ ४ बजेबाट सुरु हुने कार्यक्रममा अन्जुले आफ्ना जीवनकालका चर्चित आधा दर्जन गीत सुनाउने तयारी गरिरहेकी छिन् । यसका लागि २७ जना वाद्यवादकको टोलीका साथ अन्जुले मंगलबारबाट राष्ट्रिय नाचघरको प्रांगणमा अभ्यास थालेकी छिन् ।

अन्जुले पहिलो एकल साँझका लागि आफू एकदमै उत्साहित भएको बताएकी छिन् । उनी भन्छिन्, ‘दुई दशक लामो सांगीतिक यात्रामा मैंले एकल एल्बम र गायन गर्न पाएको थिइँन । त्यो मध्ये एकल गायनको अवसर पाएको छु । मंगलबार अभ्यास गर्यौं, साँच्चिकै रमाइलो भयो । अब शनिबारको प्रतिक्षामा छु ।’

करिब दुई घन्टा चल्ने एकल साँझमा अन्जुले फिल्मी गीतसँगै सुगम गीत पनि गाउने तयारी गरिरहेकी छिन् । उनले पछिल्लो समय चलेका ‘म यस्तो गीत गाउँछु’,‘भन्छु आज’, ‘सुर्के थैली’सँगै सुगम संगीतमा सर्वाधिक लोकप्रिय रहेका ‘नबिर्सें तिमीलाई नपाएँ तिमीलाई’, ‘जिन्दगी यो फूलै फूलको थुंगो हुँदैन’ आदि गीत गाउने तयारी गरिरहेकी छिन् ।

गायिका अन्जुले एकल साँझबाट उठेको पैसा परोपकारी काममा खर्चिने घोषणा पहिले नै गरेकी छिन् । उनले एकल साँझबाट हुने फाइदाको रकम पर्दा पछाडि काम गर्ने रेकर्डिस्टको संस्था रेकर्डिस्ट एसोसियनलाई ५० प्रतिशत र गरिब जेहनदार बालबालिकाको शिक्षाका लागि ५० प्रतिशत खर्च गर्ने बताएकी छिन् । एकल साँझमा सहभागिताका लागि टिकट मूल्य ३ हजार, २ हजार र १ हजार राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?