२ हजार डलरमा इराकमा बिक्रि हुँदै नेपाली युवती
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेका खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेपछि घटना बाहिरिएको हो ।
पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ । सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीका अुनसार लक्ष्मी नेपालमै बसेर इरान जाने युवती खोज्ने र श्रीमान नारायण नयाँदिल्लीमा बसेर सेटिङ मिलाउने काम गर्थे ।
बस्नेत दम्पत्तीको गिरोहमा अन्य व्यक्ति पनि रहेको र उनीहरु फरार रहेको प्रहरीले जनाएको छ । नारायण र लक्ष्मीविरुद्ध भने मानव बेचबिखन र संगठित अपराधको मुद्दा सँगसँगै अघि बढाएको छ । यो समाचार नयाँ पत्रिकामा छ
प्रतिक्रिया