३३ किलाे सुनप्रकरण: सुन तस्करबाट कसले कति रकम लिए ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
३३ किलाे सुनप्रकरण: सुन तस्करबाट कसले कति रकम लिए ?

सारांश

  • सुन तस्करबाट कसले  कति  रकम लिए ?
  • एसएसपी श्याम खत्रीले तीन पटक गरेर एक करोड १२ लाख ४२ हजार रुपैयाँ बुझेको छानबिनका क्रममा खुलेको छ ।
  • एकै पटक उनले एक करोड एक लाख ४२ हजार रुपैयाँसम्म बुझेको प्रमाण फेला परेको छ ।

सुन तस्करबाट कसले  कति  रकम लिए ?

एसएसपी श्याम खत्रीले तीन पटक गरेर एक करोड १२ लाख ४२ हजार रुपैयाँ बुझेको छानबिनका क्रममा खुलेको छ । एकै पटक उनले एक करोड एक लाख ४२ हजार रुपैयाँसम्म बुझेको प्रमाण फेला परेको छ । त्यस्तै खत्रीले तस्करहरुसँग एक पटक ७ लाख र अर्को पटक ४ लाख रुपैयाँ लिएका थिए ।

जवान खड्काले पनि खत्रीकै नाममा पैसा लिने गरेका थिए । त्यस्तै, मुद्दा दायर भएका अम्बरबहादुर मगरलाई पनि उनले नै तस्करलाई सहयोग गर्न खटाएका थिए । प्रतिवादीमध्ये जवान विष्णुबहादुर खड्काले दुई पटक गरेर १९ लाख रुपैयाँ लिएका थिए ।

पूर्व डिआइजी गोविन्द निरौलाले एक पटक ८ लाख र अर्को पटक ९ लाख रुपैयाँ लिएको प्रमाण फेला परेको छ । एसपी विकासराज खनालले एक पटक ४ लाख र अर्को पटक १ लाख रुपैयाँ गरी ५ लख लिएको देखिन्छ ।

डिएसपी सञ्जय राउतले एक पटक ३ लाख र अर्को पटक १२ लाख रुपैयाँ लिएका थिए । रजिस्टर र डायरीमा लेखेरै उनीहरुलाई पैसा दिइएको थियो । सोही प्रमाणका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका प्रहरीमध्ये सई बालकृष्ण सञ्जेलले समेत २ वर्षदेखि गिरोहका नाइके चुँडामणि उप्रेती (गोरे) सँग आर्थिक कारोबार गर्दै आएको उल्लेख छ । एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीको भने गिरोहसँग प्रत्यक्ष सम्बन्ध देखिएको छैन । अनुसन्धानमा लापर्बाही गरेकै आधारमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ ।

यस्तो छ जिल्ला अदालत मोरङमा पेस गरिएको प्रमाण  

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा
Katrina Kaif to be paid more than Jacqueline Fernandez for Salman Khan’s Da-Bangg tour?
Katrina Kaif to be paid more than Jacqueline Fernandez for Salman Khan’s Da-Bangg tour?
वाइडबडी भ्रष्टाचारमा मुछिएका कंसाकारको आयो यस्तो विज्ञप्ति
वाइडबडी भ्रष्टाचारमा मुछिएका कंसाकारको आयो यस्तो विज्ञप्ति
नवलपरासीको देवचुली मतदान केन्द्रमा बम बिस्फोट
नवलपरासीको देवचुली मतदान केन्द्रमा बम बिस्फोट
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङ्बीच भेटवार्ता
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङ्बीच भेटवार्ता
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
प्रचण्ड भोलि आउने, सीताको स्वास्थ्यमा सुधार
प्रचण्ड भोलि आउने, सीताको स्वास्थ्यमा सुधार
सञ्चारले रचनात्मक खबरदारी गर्नुपर्छ ; मन्त्री बस्नेत
सञ्चारले रचनात्मक खबरदारी गर्नुपर्छ ; मन्त्री बस्नेत
नेकपाको सरकार नभएको भए देश संकटमा पर्ने : प्रधानमन्त्री ओली
नेकपाको सरकार नभएको भए देश संकटमा पर्ने : प्रधानमन्त्री ओली
सुदूरमा स्वास्थ्य समस्या : दरबन्दी छ डाक्टर छैनन्, करार पत्र बाटैमा गायब !
सुदूरमा स्वास्थ्य समस्या : दरबन्दी छ डाक्टर छैनन्, करार पत्र बाटैमा गायब !