५ जना अतिरिक्त प्रहरी महानिरीक्षकहरूकाे बढुवा खारेज !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २१, २०७५
|
|
५२ पटक हेरिएको
Shares
५ जना अतिरिक्त प्रहरी महानिरीक्षकहरूकाे बढुवा खारेज !

सारांश

  • काठमाडाै, २१ असार ।
  • शेरबहादुर देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरुको बढुवा खारेज हुने भएको छ ।
  • अब उनीहरुले डीआइजीकै स्टाटसमा जागिरबाट बाहिरिनुपर्ने भएको छ ।

काठमाडाै, २१ असार । शेरबहादुर देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरुको बढुवा खारेज हुने भएको छ ।

अब उनीहरुले डीआइजीकै स्टाटसमा जागिरबाट बाहिरिनुपर्ने भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ पछिका देउवा सरकारका निर्णयहरु खारेज गरेसँगै त्यसको प्रभावस्वरुप सशस्त्रका ५ एआइजीको जागिर चट् हुने निश्चित भएको क्याबिनेट बैठकमा सहभागी एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

त्यसरी निर्णय बदरमा पर्ने सशस्त्रका ५ एआइजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ छन् ।

उनीहरुलाई गत माघ ७ गते तत्कालीन गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा गठित सिफारिस समितिको निर्णय अनुसार सरकारले डीआइजीबाट एआइजीमा एकसाथ बढुवा गरेको थियो ।

सशस्त्र प्रहरी हेडक्वार्टर सूत्रले भने उनीहरु नियमित प्रक्रिया अन्तरगत बढुवा भएको बताएको छ ।

यसैवीच केही दिनअघि गृहमन्त्री प्रेमबहादुर राईले केही एआइजीलाई मन्त्रालयमा बोलाएर सरकारी एक्सनको संकेत दिएका थिए ।

सचिव राईले पाँच एआएजीहरुले राजीनामा दिने हाे भने विशिष्ट श्रेणीले पाउने सुविधा प्राप्त गर्ने भन्दै अन्यथा सरकारले निर्णय बदर गरेको खण्डमा डीआइजीकै हैसियतमा विदा लिनुपर्ने चेतावनी एआइजीहरुलाई दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह
बिपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह
पुस ११ गते शनिवारको राशिफल यस्तो छ
पुस ११ गते शनिवारको राशिफल यस्तो छ
एकदिवसीय क्रिकेटः नेपालकाे दाेस्राे खेल अाज
एकदिवसीय क्रिकेटः नेपालकाे दाेस्राे खेल अाज
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
नेकपाभित्र विवाद : प्रम ओलीले भने, ‘म नहुनेबित्तिकै कसैलाई छटपटी भयो’
नेकपाभित्र विवाद : प्रम ओलीले भने, ‘म नहुनेबित्तिकै कसैलाई छटपटी भयो’
राप्रपाको माग दुई तहको सरकार
राप्रपाको माग दुई तहको सरकार
कलाको नाममा पेसागत गरिमामाथि प्रहार भएको ठहर: ‘मास्टर्नी’ गीतप्रति शिक्षक महासङ्घको कडा आपत्ति
कलाको नाममा पेसागत गरिमामाथि प्रहार भएको ठहर: ‘मास्टर्नी’ गीतप्रति शिक्षक महासङ्घको कडा आपत्ति
एमबीबीएस र बीडीएस तहमा निजी मेडिकल कलेजमा भर्ना अन्योल
एमबीबीएस र बीडीएस तहमा निजी मेडिकल कलेजमा भर्ना अन्योल
‘दुई/चार डल्ला फ्याँक्न के पाएको थियो, सन्दीप चम्कियो’: प्रधानमन्त्री  ओली
‘दुई/चार डल्ला फ्याँक्न के पाएको थियो, सन्दीप चम्कियो’: प्रधानमन्त्री ओली
साकार हुँदै जित्नैपर्ने दबाब
साकार हुँदै जित्नैपर्ने दबाब

तपाईंले छुटाउनुभयो कि?