६ वर्षदेखि खोजी भइरहेका अभियुक्त जब कारागारभित्रै फेला परे

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण ३०, २०८०
|
|
५८ पटक हेरिएको
Shares
६ वर्षदेखि खोजी भइरहेका अभियुक्त जब कारागारभित्रै फेला परे

सारांश

  • काठमाडौं ।
  • मकवानपुरको मनोहरा गाउँपालिका–३ की ५० वर्षीया अप्सरा भनेर चिनिने नारायणी तिमिल्सिना हत्याका अभियुक्तलाई प्रहरीले केन्द्रीय कारागार सुन्धाराबाटै फेला पारेको छ ।
  • झन्डै ६ वर्षअघि नारायणीको हत्या गरेपछि प्रहरीबाट लुक्दैछिप्दै हिंडेका धादिङ मूलपानीका ४६ वर्षीय शिवराम अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केन्द्रीय कारागार सुन्धाराबाट फेला पारेको हो ।

काठमाडौं । मकवानपुरको मनोहरा गाउँपालिका–३ की ५० वर्षीया अप्सरा भनेर चिनिने नारायणी तिमिल्सिना हत्याका अभियुक्तलाई प्रहरीले केन्द्रीय कारागार सुन्धाराबाटै फेला पारेको छ ।

झन्डै ६ वर्षअघि नारायणीको हत्या गरेपछि प्रहरीबाट लुक्दैछिप्दै हिंडेका धादिङ मूलपानीका ४६ वर्षीय शिवराम अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केन्द्रीय कारागार सुन्धाराबाट फेला पारेको हो ।

चोरी मुद्दामा अर्कै नाममा कैद भुक्तान गरिरहेको अवस्थामा उनलाई फेला पारिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीले हत्या अभियोगमा पनि अब अनुसन्धान अगाडि बढाएको छ ।

उनी ३० पुस २०७४ सालमा काठमाडौंको बल्खुमा नारायणीको हत्या गरेपछि फरार रहँदै आएका थिए। नारायणी ज्यामी काम गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् । शिवराम पनि ज्यामी काम गर्ने गर्थे ।

अघिल्लो रात नै हत्या भए पनि भोलिपटक दिउँसो साढे ४ बजे मात्रै उनको शव भेटिएको थियो । टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा बल्खुको भुवनेश्वर मन्दिर पछाडि उनको शव फेला परेको थियो ।

घटनालगत्तै प्रहरीले उनको खोजी कार्य अघि बढाएको भए पनि प्रहरीले सफलता पाउन सकेको थिएन । यद्यपि, प्रहरीले खोजी कार्यलाई भने निरन्तरता दिइरहेको थियो ।

मृतक नारायणीको शरीर खानतलासी गर्दा सानो किप्याड मोबाइल फेला परेको थियो । घटना भएको दिन नारायणी र शिवरामको पटकपटक कुराकानी भएको भेटिएपछि शिवरामले नै उनको हत्या गरेको निष्कर्षमा प्रहरी टोली पुगेको थियो । मृतकले बोक्ने मोबाइलमा आफन्तको नम्बर फेला परेपछि आफन्तले उनको शवको सनाखत गरेका थिए । हत्यापछि लामो समयसम्म फरार रहेपछि शिवरामले नै नारायणीको हत्या गरेकोमा प्रहरी ढुक्क बनेको थियो ।

अनुसन्धानका क्रममा प्रहरी टोली शिवरामको परिवारका सदस्यसम्मसमेत पुगेको थियो । परिवारका सदस्यले शव भेटिएको अघिल्लो दिन २९ पुस २०७४ देखि घर पनि नआएको र आफूहरूलाई फोन पनि नगरेको प्रहरीलाई जानकारी गराएका थिए ।

उनी घटनापछि उदयपुरको कटारी गएर बसेको र आफूलाई खोजी गरिरहेको थाहा पाएपछि त्यहाँबाट सिराहाको मिर्चैया गएको खुलेको थियो । त्यसको केही दिनपछि उनी त्यहाँबाट मकवानपुर र त्यसपछि धादिङको सल्यानटार गएका थिए ।

खोजीकै क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली धादिङ पनि पुगेको थियो । पछिल्लो समय उनले काठमाडौंको रामकोट क्षेत्रमा तरकारी टनेल सञ्चालन गर्दै आएको सूचना प्रहरीले पाएको थियो ।

त्यसपछि प्रहरी टोली रामकोट क्षेत्र पुगेर उनको खोजी गरेको थियो । रामकोट क्षेत्रबाट भने प्रहरीले उनी’bout थप जानकारी पाउन सफल भएको थियो । त्यहाँ प्रहरीले शिवरामको फोटो देखाएर सोधखोज गर्दा पछिल्ला दिनमा उनी देखा नपरेको जवाफ स्थानीयले दिएका थिए ।

तर उनको परिवार रहेको टहरा भने देखाइदिएका थिए । लगत्तै प्रहरी उनको परिवार बस्दै आएको टहरा पुगेको थियो । त्यहाँ उनी फेला नपरेपछि प्रहरीले शिवरामकी श्रीमती नानिमाया अधिकारीको टेलिफोन ‘चेकजाँच’ गरेको थियो । सो क्रममा नानिमायाले केन्द्रीय कारागार सुन्धारामा निरन्तर सम्पर्क गरेको देखिएपछि प्रहरी टोली नै अचम्ममा परेको थियो ।

अनुसन्धानकै क्रममा प्रहरी टोली केन्द्रीय कारागार सुन्धारा पुगेर सोधपुछ गर्दा नानिमायाले फोन गर्ने व्यक्ति अर्जुन अधिकारी भन्ने रहेको पाइएको थियो । त्यसपछि प्रहरीले अर्जुन अधिकारी भनिएका व्यक्ति’bout आफन्तसँग सोधखोज गर्दा उनी थानकोटमा चोरी गर्दा पक्राउ परी केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेको खुलेको हो ।

त्यसपछि प्रहरीले केन्द्रीय कारागारमा पत्राचार गरी उनका ’bout जानकारी माग गर्दा ६ कात्तिक २०७९ मा चोरी गर्दा गर्दै थानकोट प्रहरीले पक्राउ गरेको र २९ कात्तिकमा चोरी मुद्दामा ३ वर्ष कैद सजाय पाई उनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार पठाइएको र उनी यहीं रहेको जवाफ दिएको थियो ।

त्यसपछि भने प्रहरीले कारागारबाट अर्जुन अधिकारीको फोटो माग गरेका थिए । प्राप्त फोटो उनकी श्रीमती र त्रिपुरासुन्दरी गाउँपालिकाका प्रतिनिनिबाट सनाखत गराउँदा उनी अर्जुन अधिकारी नभई शिवराम अधिकारी रहेको खुलेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यालय प्रमुख एसएसपी डा. मनोजकुमार केसीका अनुसार उनी अहिले प्रहरी वृत्त कालिमाटीको हिरासतमा छन् ।

उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटीमा पठाएको एसएसपी डा. केसीले जानकारी दिए । प्रहरीले उनीविरुद्ध पीडित पक्षको जाहेरी समेत लिइसकेको छ ।

(www.coloradoriveradventures.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख दिने निर्णयको बारेमा यहाँहरु को धारणा के छ ?
पुसको तेस्रो साता राप्रपाको केन्द्रीय कार्य समिति बैठक बस्दै
पुसको तेस्रो साता राप्रपाको केन्द्रीय कार्य समिति बैठक बस्दै
अन्ततः भिड्ने नै भए शेरबहादुर देउवा र प्रकाशमान, कसले मार्ला बाजी ?
रबिन्द्र अधिकारीलाई शुभयात्रा भन्न नपाएको त्यो दिन…
रबिन्द्र अधिकारीलाई शुभयात्रा भन्न नपाएको त्यो दिन…
सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन
सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन
सरकारको एक वर्ष : कूटनीतिक सक्रियता, लाभको प्रतीक्षा
सरकारको एक वर्ष : कूटनीतिक सक्रियता, लाभको प्रतीक्षा
गुण्डुमा आइपुग्यो सिंहदरबार ।
गुण्डुमा आइपुग्यो सिंहदरबार ।
फागुन ७ गते बुधबारको राशिफल यस्तो छ
फागुन ७ गते बुधबारको राशिफल यस्तो छ
कसरी बन्द गर्दैछ सरकारले अश्लील वेबसाइटहरू ! पोर्न उद्योगबारे के भन्छिन् सनी लियोनी ?
कसरी बन्द गर्दैछ सरकारले अश्लील वेबसाइटहरू ! पोर्न उद्योगबारे के भन्छिन् सनी लियोनी ?
अब सपिङ इसेवा पसलमा !
अब सपिङ इसेवा पसलमा !

तपाईंले छुटाउनुभयो कि?