​मोदी आउनुअघि नमिलेका कुरा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २१ वैशाख ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोचोटि नेपाल आउने पूर्वसन्ध्यामा दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने उद्देश्यका साथ आयोजित एउटा बैठकमा राम्रै तानातान भएको छ ।
  • भारतीय पक्षको अत्यधिक जोडबलका बाबजुद केही आयोजना र विषय यताबाट राखिएको अडानका कारण तुहिन नपाएको प्रसंग देशभक्त नेपालीहरुका निम्ति सुखद समाचार हुन सक्छ ।

काठमाडाै, २१ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोचोटि नेपाल आउने पूर्वसन्ध्यामा दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने उद्देश्यका साथ आयोजित एउटा बैठकमा राम्रै तानातान भएको छ ।

भारतीय पक्षको अत्यधिक जोडबलका बाबजुद केही आयोजना र विषय यताबाट राखिएको अडानका कारण तुहिन नपाएको प्रसंग देशभक्त नेपालीहरुका निम्ति सुखद समाचार हुन सक्छ ।

विशेषगरी आर्थिक कारोबार र व्यापार–वाणिज्यसँग सम्बन्धित कुरामा नेपालले अडान कायम राखेको हो । तथ्य सुन्ने हो भने अपत्यारिलो झैं लाग्ला तर तपाईं आफैं कल्पना गर्नुहोस् कि केही वर्षअगाडिसम्म कृषिप्रधान भनिएको देश आज कृषि उपजमा निकै तन्नम हालतमा छ । हरियो वन नेपालको धन भनिए पनि वन मासिएर मात्र होइन कि ढुंगा, गिट्टी र बालुवा जथाभावी निकासी भएर पर्यावरणीय दृष्टिले समेत कमजोर अवस्थामा पुगेको छ । हामीले अहिले कनिका मात्र भारतबाट वार्षिक तीन अर्बको आयात गर्दै आएका छौं । व्यापार असन्तुलनलाई पुष्टि गर्ने योभन्दा ठूलो प्रमाण अरु के हुन सक्ला रु चामल वार्षिक २२ अर्बको आयात भइरहेको छ । यसरी उताबाट सस्तोमा त्यही सामान आउने भएपछि यता कसले, किन उत्पादन गर्ने रु आखिर चामल नै तयारी खाजा (चाउचाउ) जस्तै बजारमा गयो, सस्तोमा किन्यो र भुलुक्क उमालेर खाने वस्तुमा परिणत भएपछि खेतमा, हिलोमा कसले काम गर्ने रु फलतः खेतीयोग्य जमिनको संरक्षण हुन छाड्यो । अनि खेतीयोग्य ठाउँमा उद्योग र घर बन्न थाले ।

यस्तो अवस्था देखिएपछि नेपालले कृषि विकास शुल्क भन्दै भन्सारमा नै कर लगाउन थालेको रहेछ । उताबाट भित्रिने धानमा पाँच प्रतिशत, चामलमा आठ प्रतिशत, पिनालगायतका वस्तुहरुमा पनि कर लगाउने काम भएको हो । त्यही कर प्रणाली हटाउन भन्दै भारतले फेरि पनि गत हप्ता चार दिनसम्म गलफत्ती गरेको रहेछ । स्रोतका अनुसार बैठकमा सहभागी भारतीय प्रतिनिधिहरुको भनाइ थियो, ‘तेस्रो मुलुकबाट आउने यस्ता सामानमा कर नलगाउने तर हामीलाई मात्र कर थोपर्ने कुराको अन्त्य हुनुप¥यो ।’ भारतीय पक्षको कुरा मानेर यसमा लत्तो छाडेको भए नेपालका कृषि उपजहरु सबै सोत्तर हुने थिए । एकातिर मुलुकको उत्पादकत्व घट्ने, अर्कोतिर राजस्व पनि मर्ने भएपछि नेपालले भारतको प्रस्तावलाई स्वीकार गर्न सकेन । उताका व्यापारी मोटाउने, त्यसमाथि भारतको उत्पादनमा वृद्धि भएको अवस्था, अनि सरकारले दिने गरेको अनुदान पनि कृषि क्षेत्रमा बढ्दो । मेशिनको प्रयोग, श्रम मूल्यमा आएको कमी आदिले भारतीय उत्पादनहरुको प्रतिस्पर्धी क्षमता बढेर गएको छ । त्यसले गर्दा तरकारीमा समेत उतैको भर पर्नुपर्ने अवस्था देखियो ।

सन् २०१३ मा आयोजित एउटा बैठकमा प्रधानमन्त्री स्वयंले कृषि सेवा शुल्कहरुलाई कायम राख्न निर्देशन दिएपछि यसले निरन्तरता पाइरहेको थियो । तर, मोदीको आसन्न भ्रमणको पूर्वसन्ध्यामा भारतले फेरि यही कुरालाई प्राथमिकतासाथ उठान गरेको हो ।

यसैबीच भारतबाट नेपालमा सामान आयात गर्दा त्यसलाई राम्ररी सुपरीक्षण गर्नका लागि गएको ६ महिनादेखि एउटा विधि प्रयोग गर्न थालिएको छ । जसलाई एक्जिम कोड भनिन्छ । व्यापारीलाई सामान भिœयाउँदा भन्सारले दिने कोड हो यो । चेकिङ पोइन्टमा यो कोड लगाउने गरिएकोमा भारतीय पक्षले त्यसलाई हटाउन नेपाललाई निरन्तर दबाब दिँदै आएको छ । नेपाललाई भने यो कोडको प्रयोग गरेपछि भन्सारमा हुने चुहावट र चोरी पैठारी नियन्त्रण गर्न सहज भएको बताइन्छ । यसबाट कुन व्यापारीले, सामान के–कति परिमाणमा भित्यारए भन्ने सहजै थाहा हुन्छ । भन्सार असुलीको पनि राम्रो तथ्यांक रहन्छ । खुला सिमानाका कारण अवैध आयात र निर्यातबाट मुलुकलाई भइरहेको क्षतिलाई कम गर्न यो उपाय निकै प्रभावकारी देखिएको छ ।

नेपाल र भारतका ठूला व्यापारीहरु जसले भन्सारमा समेत एक प्रकारको सिण्डिकेट कायम गरेका छन्, उनीहरुको चर्को दबाबका कारण भारतीय पक्षले यस्तो प्रस्ताव प्राथमिकतासाथ राखेको बताइन्छ । अहिले नेपालको ६६ प्रतिशत व्यापार भारतसँग मात्र हुन्छ । यसले गर्दा नेपाली प्रतिनिधिले स्पष्ट रुपमा बैठकमा भनेका छन्, ‘यो पूरापूर नेपालको हितमा रहेको कुरा हो । त्यसै पनि हाम्रो व्यापार घाटा थेगिनसक्नुको छ । त्यसैले यस विषयमा सम्झौता गर्न सक्दैनौं ।’ मोदीको भ्रमण फलदायी बनाउने उद्देश्यका साथ आवश्यक पूर्वकार्य गर्न नेपाल आएको प्रतिनिधिमण्डलसँग भएको बैठक शुक्रबार सकिएको हो । भारतीय पक्षबाट बैठकमा सहभागी हुनेमा वाणिज्य सचिव रीता भटोरियाको नेतृत्वमा गृह मन्त्रालयका सहसचिव, भन्सार विभागका डिजी, जामिर नाम गरेकी एकजना महिलासहित नौजना थिए जनअास्थाले लेखेकाे छ । नेपालको तर्फबाट पनि उद्योग, वाणिज्य र आपूर्ति सचिव चन्द्रकिशोर घिमिरे, भन्सारका डिजी, दिल्लीस्थित दूतावासका इकोनोमिक काउन्सिलर कृष्णहरि पुष्कर, कलकत्तास्थित महावाणिज्य दूत एकनारायण अर्याललगायतको सहभागिता थियो ।

बैठक चार दिनसम्म चलेको थियो । त्यसो त नेपाल र भारतबीच सन् २००४ मै रेल्वेसम्बन्धी एउटा सम्झौता भएको थियो । तर, आजका मितिसम्म पनि त्यो कार्यान्वयन नभइकन रहेको छ । बैठकमा त्यो सम्झौतालाई पुनरावलोकन गर्नेबारे पनि छलफल भयो । भारतसँग नेपालले गरेको ट्रेड एण्ड ट्रान्जिट ट्रिटी (व्यापार र परिवहन सन्धि) संशोधननिम्ति तीन महिनामा अध्ययन सक्ने सहमति पनि भएको स्रोतले बताएको छ । यता दुईपक्षीय टोलीबीच वार्ता चलिरहेकै बेला कलकत्ताबाट नेपालका लागि सामान बोकेको एउटा रेल जोगवनी आइपुगेको छ । बैठकमा कनेक्टिभिटीको कुरा पनि उठ्यो । तर, एक्जिम कोडबारे भने नेपालले भारतको कुनै सुनुवाइ गरेन । हुन पनि एक्जिम कोडले यति सहज पारेको छ कि कुनै व्यापारीले भ्याट, आयकर ति¥यो वा तिरेन भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ । अनि कसैले छली गरेको देखिएमा त्यस्तालाई कालो सूचीमा राख्ने आधार पनि हुन्छ । भन्सार स्रोतका अनुसार ४० हजारभन्दा बढी त्यस्ता सामानहरुको कारोबार हुने गरेको छ । एउटै कन्टेनरमा, एकै व्यापारीको नाममा अठारथरी सामग्री आयात हुने कुरा पनि यसबाट नियन्त्रण भएको छ ।

कुन व्यापारीले, केको व्यापार गर्छ भन्ने कुराको पनि सहज रुपमा सूचना र रेकर्ड यसले गर्दा बस्ने रहेछ । एलसी नखोली सामान ल्याउने, हुण्डी, टिटीमार्फत भुक्तानी गर्नेहरुले कर छल्ने मौका पनि नपाउने भए । अहिलेसम्म भएको के रहेछ भने भारतीयहरु व्यापार गर्न नेपालमा आउने र नगरपालिकाबाट सानो व्यवसाय गर्ने गरी प्रमाणपत्र लिने अनि त्यसैको आडमा भटाभट अनेकौं प्रकारका अर्बौं रुपैयाँको कारोबार गर्ने ।

न कम्पनी कार्यालय, न त वाणिज्य विभागमा नै दर्ता रहने यस्ता व्यापारीहरुले वैदेशिक लगानीका रुपमा समेत आफूलाई दर्ता गरेका हुँदैनन् । त्यति मात्र होइन, भारतबाट भन्दै तेस्रो मुलुकबाट सामान ल्याएर बेच्ने काममा समेत यस्ता व्यापारीहरु सक्रिय रहेका छन् । यसरी एक्जिम कोड प्रयोग गरेपछि छोटो अवधिमा नै ५० करोडभन्दा बढी भन्सार आम्दानी बढ्यो भने कतिपयले तिर्न बाँकी पुरानो बक्यौतासमेत सहज रुपमा असुली भयो । अहिले सरकारले कर छलेको पाइएमा जफत हुने गरी यसरी आयात गर्नेहरुका लागि तीन लाख रुपैयाँको बैंक ग्यारेन्टीसमेत अनिवार्य गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prabina Ghale

    हेलो p m g नेपाल किन आउने नरेन्द्र मोदी पुरानो हिसाब किताबको के छ?अबस्था भारको कारण कती नेपालीकहरुको ज्यान गयो ?लिस्ट तयार पारी दीउ????? अझै पनी बिस्वास गर्ने ठाउ छ? भारत सङ्ग म यउटा कुरा भन्छु पुरानो बेमान कैले सुधार्ने भारत सङ्ग रहेको जमीनमा नेपालको अधीकार कैले? जैले नेपालको जमीन नदीनालाहरु किन वकट्नु खोज्छ ? यस्तो बेबहार कुनै पनी नेपालीलाई पच्दैन पुरानो हिसाब लीनुहोस कती नेपाली मार्यो भारतले यो बिषयमा शोच्नै पर्छ नेपालको यउटा औलामा छ भारतको आयु…………..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशसभा बैठकमा बजेट विनियोजनसम्बन्धी प्रस्ताव टेबुल
प्रदेशसभा बैठकमा बजेट विनियोजनसम्बन्धी प्रस्ताव टेबुल
भारतमा कोभिड–१९ संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजार भन्दाबढीको मृत
भारतमा कोभिड–१९ संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजार भन्दाबढीको मृत
भौतिक पूर्वाधारमन्त्रीद्वारा सडक निरीक्षण
भौतिक पूर्वाधारमन्त्रीद्वारा सडक निरीक्षण
तातोपानी नाका आजदेखि खुल्ने
डेढ लाख बढीले पशुपतिनाथको दर्शन गरिसके
डेढ लाख बढीले पशुपतिनाथको दर्शन गरिसके
धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
सिन्धुली दुधौली खोलाको पुल भासियो, सवारी साधन रोकिए
सिन्धुली दुधौली खोलाको पुल भासियो, सवारी साधन रोकिए
थारु समुदायको संस्कृति र पहिचान जाेडीएकाे सङ्ग्रहालय संकटमा !
थारु समुदायको संस्कृति र पहिचान जाेडीएकाे सङ्ग्रहालय संकटमा !
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु