तनहुँको थानीमाई मन्दिरमा फूलको डोली चढाउन भक्तजनको भीड

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
४८ पटक हेरिएको
Shares
तनहुँको थानीमाई मन्दिरमा फूलको डोली चढाउन भक्तजनको भीड

सारांश

  • दमौली ।
  • तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ।
  • कात्तिक महिनाको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने धार्मिक परम्पराका कारण बिहानैदेखि मन्दिरमा फूलको डोली चढाउन भक्तजनको आगमन बढेको हो।

दमौली । तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ।कात्तिक महिनाको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने धार्मिक परम्पराका कारण बिहानैदेखि मन्दिरमा फूलको डोली चढाउन भक्तजनको आगमन बढेको हो।फूलको डोली लिएर मन्दिर पुग्नुभएका ब्यास नगरपालिका–२ का महेश मल्लले बिहानैदेखि मन्दिरमा भक्तजनको ठूलो भीड लागेको जानकारी दिए ।

फूलको डोली चढाउन तनहुँबाट मात्र नभई देशका विभिन्न ठाउँबाट भक्तजन आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए ।थापाका अनुसार सोमबार रातिदेखि नै मन्दिरमा भक्तजनको आगमन भएको थियो। थुप्रै भक्तजनले राति नै मन्दिरमा बसेर बत्तीसमेत बालेका थिए।सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ। थानीमाई मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघ महिनामासमेत भक्तजनको भीड लाग्ने गरेको छ।

मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्कीका अलवा चितवन, नवलपरासी र काठमाडौँबाट भक्तजन आउने गरेका छन्।मन्दिरमा साउन, एकादशी र औंशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ।विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु ६ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको थियो।

विसं १८२५बाट यस मन्दिरमा पूजाअर्चना शुरु भएको स्थानीयवासी बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना शुरु भएको स्थानीयवासीको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसी सैनिक विमान साइबेरियामा दुर्घटना
रुसी सैनिक विमान साइबेरियामा दुर्घटना
  लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल सुरु
  लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल सुरु
लालबाबु पण्डितमा पनि सत्ताको मात ? यस्तो छ वास्तविकता
लालबाबु पण्डितमा पनि सत्ताको मात ? यस्तो छ वास्तविकता
कोरोनाविरुद्धको भ्याक्सिन माघभित्र नेपाल भित्रने
मोदीले भने– उत्पीडित जनताको हितमा ल्याइएको संशोधन विधेयक पारित गर्नुपर्छ
मोदीले भने– उत्पीडित जनताको हितमा ल्याइएको संशोधन विधेयक पारित गर्नुपर्छ
डायलासिसका लागि प्रम ओली ग्राण्डीमा
डायलासिसका लागि प्रम ओली ग्राण्डीमा
दश वर्षीया बालिकाको आगलागीबाट मृत्यु
दश वर्षीया बालिकाको आगलागीबाट मृत्यु
नवराज सिलवाल पक्राउ गर्ने, तत्काल पक्राउ गर्न प्रहरी प्रमुख अर्यालको निर्देशन ललितपुर प्रहरीलाई
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको १२ वर्ष, यसकारण ठमठमी हिड्छन्
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको १२ वर्ष, यसकारण ठमठमी हिड्छन्
सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र
सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र

तपाईंले छुटाउनुभयो कि?