यातायात व्यवस्था विभागका महानिर्देशकलाई हटाएको हैन, काम गर्न बोलाएको: महासेठ
सारांश
- काठमाडौं, ८ जेठ ।
- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठल आफूले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई सरुवा नगरेको स्पष्ट पारे ।
- उनले भट्टराईलाई मन्त्रालयमा विभाग नतोकी सरुवा गरेको विषय विवादित भएपनि उनलाई काम गर्न ल्याएको बताए ।
काठमाडौं, ८ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठल आफूले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई सरुवा नगरेको स्पष्ट पारे ।
उनले भट्टराईलाई मन्त्रालयमा विभाग नतोकी सरुवा गरेको विषय विवादित भएपनि उनलाई काम गर्न ल्याएको बताए ।
रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा मन्त्री महासेठले भने, ‘डिजी भट्टराईजीलाई मन्त्रालयमा डिस्टर्ब गर्नेगरि ल्याएको होईन’ । भट्टराईले सिण्डिकेट हटाउनको लागि सकारात्मक भूमिका निर्वाह गरेको भन्दै मन्त्री महासेठले तारिफ पनि गरेका थिए ।
सिण्डिकेट हटाउनको लागि सबैभन्दा धेरै साथ र सहयोग पत्रकार, जनता र सुरक्षा निकायको रहेको भन्दै उनले धन्यवाद समेत दिए ।
सिण्डिकेट हटाउने सरकारको एजेण्डा रहेको बताउँदै उनले भने, ‘सिण्डिकेट हटाउने एजेण्डा प्रधानमन्त्रीको वा रघुवीर महासेठको मात्रै होईन, यो त सरकारको एजेण्डा हो, हामीले त्यही गरेका छौं ।’ सिन्डिकेट हटाउन सबै पक्षको उतिकै भूमिका रहेको भन्दै उनले यो कार्यमा भट्टराईको मात्र योगदान रहेको भनेर गरिएको प्रचारबाजी गलत भएको बताए ।
उनले थपे, ‘म मन्त्रीमा बहाल भएको १५ दिनपछि सिण्डिकेट हटाउन निर्देशन दिएको हुँ, विभिन्न बाधा तथा अड्चन पन्छाएर सिण्डिकेट तोडिएको छ, अस्तव्यस्त यातायात क्षेत्रलाई अझै व्यवस्थित् गर्नुपर्छ, हामी कार्यदल बनाउँदैछौं, मन्त्रालयबाट गरिने कामको लागि केही दिनको लागि भट्टराईलाई बोलाईएको छ, तर सरुवा भएको छैन् ।’
उनले नेपालमा अझै धेरै सिण्डिकेटहरु तोड्न बाँकी रहेको सुनाए । लाईसेन्स, ब्लु बुक लगायत यातायत क्षेत्रका समस्याहरु यही आर्थिक मसान्तभित्रै व्यवस्थित् गर्नेपनि उनको विश्वास छ ।
प्रतिक्रिया