लक्जेम्बर्गमा विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाए गायक नवीन पौडेलले

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र २, २०७५
|
|
५७ पटक हेरिएको
Shares
लक्जेम्बर्गमा विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाए गायक नवीन पौडेलले

सारांश

  • काठमाडौं, २ भदाै ।
  • गैर–आवसीय नेपाली संघको निमन्त्रणामा युरोप पुगेका गायक नवीन पौडेलले युरोपको लक्जेम्बर्गमा आयोजित गैर आवसीय नेपाली संघको एघारौं युरोपियन सम्मेलनमा उपस्थित विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाएका छन् ।
  • पौडेल यतिबेला युरोपका विभिन्न देशको कार्यक्रम सकेर नेपाल फर्किएका छन् ।

काठमाडौं, २ भदाै । गैर–आवसीय नेपाली संघको निमन्त्रणामा युरोप पुगेका गायक नवीन पौडेलले युरोपको लक्जेम्बर्गमा आयोजित गैर आवसीय नेपाली संघको एघारौं युरोपियन सम्मेलनमा उपस्थित विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाएका छन् । पौडेल यतिबेला युरोपका विभिन्न देशको कार्यक्रम सकेर नेपाल फर्किएका छन् । सबै उमेर समूहका दर्शक स्रोताको मन जित्न सफल गायक पौडेलले युरोपमा रहेका नेपाली हरुको मन पनि जितिरहेका छन् ।

उनका गीतले के युवायुवती, के वृद्धवृद्धा सबैको प्रतिनिधित्व गरेको हुन्छ । विशेशगरी सामाजिक यथार्थता, कुरीति, कुसंस्कार एवंम् महिला अधिकारको पक्षमा गीत गाउने नवीनले सबैको भावनामा डुबेर गीत गाउँदा युरोपमा बस्ने नेपालिले अत्यन्त मन पराएको गायक पौडेलले बताए । नवीनको प्रस्तुतिले मन नछुने सायद कमै मान्छे हुन्छन् । नेपालको मेचीदेखि महाकालिका अधिकांश भूभागमा पुगेर सबैको मन जितिसकेका नवीन विदेशमा बस्ने नेपालीको पनि मन जितिरहेका छन्।

गीत सङ्गीतमार्फत सामाजिक यथार्थतालाई छर्लङ्ग पार्न सिपालु नवीनको पछिल्लो गीतले बजारमा निक्कै चर्चा कमाएको छ। ‘चार बजे स्कुल बाट घरमा आइनन् भनी, बस्नुपर्छ बाउआमाले औँला गनि गनि, जोगाउनै गाह्रो, फुलेको तोरीलार्इ बैँस आकी छोरीलार्इ जोगाउनै गाह्रो, यो गीत युट्युबमा एक महिनामा करिब सात लाख दर्शक श्रोताले हेरेका छन् । यो गीतमार्फत पौडेलले बिशेशगरि महिला अथवा छोरी मान्छेहरुको सामाजिक सुरक्षाको आवाज उठाएका छन् । त्यसो त यसभन्दा अगाडि ‘पल्ला घरका जेठाजुले आइए बिए बढ्छन हाम्रा घरका नामर्दत भर्याङ चढ्दा लड्छन्– के सम्झनु छर जान्न मत त्यो घर,’ ‘ए हजुर सुन्नु भाछर,’ ‘हरेक जातजाती छौँ नानाथरी,’ ‘यस्तै हुन्छ भन्नेभा लाउने थिइन माया बुढिकन्या बन्नेभा,’ ‘दुखका दिन गए,’ ‘नयाँ पार्टी खोल्छु,’ ‘बुलाकी झुम्काना,’ ‘श्रीनगर बतासे डाँडैमा’ लगायताका दर्जनौं गीत हरुले बजारमा अमिट छाप छोडिसकेका छन् ।

प्रस्तोता समाज नेपालका कार्यसमिति सदस्य, अन्तष्ट्रिय कलाकार मञ्च नेपालका उपाध्यक्ष, राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रिय सदस्य पनि  रहेका पौडेलले  युरोपका विभिन्न देशहरु लक्जेम्बर्ग, बेल्जियम, फ्रान्स, जर्मनीमा यिनै गीतहरुमार्फत भरपुर मनोरञ्जन दिएका थिए । उनि भन्छन्, ‘विदेशमा बस्ने नेपालीहरुमा कला संस्कृतीको माया र मोह अझ बढी रहेछ ।’ यथार्थपरक एवंम् समयसापेक्ष गीतका पर्याय नवीन यो भन्दा अघि जापान, मलेसिया, युएर्इ, बाङ्लादेशलगायतका देशहरुमा पुगेर त्यहाँ रहेका नेपालीहरुको मन जितिसकेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर मोबाइल एक्स्पो २०७४ सुरु
ललितपुर मोबाइल एक्स्पो २०७४ सुरु
भारत-पाकिस्तान तनाव, गोली हानाहानमा सैनिकको मृत्यु
भारत-पाकिस्तान तनाव, गोली हानाहानमा सैनिकको मृत्यु
स्व. लालशेर राई स्मृति गोल्डकप उदयपुरमा शुरु
स्व. लालशेर राई स्मृति गोल्डकप उदयपुरमा शुरु
अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी
अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी
सिंहदरवारभित्र उच्च क्षमताका पाँचवटा चार्जिङ स्टेसन निर्माण हुने
सिंहदरवारभित्र उच्च क्षमताका पाँचवटा चार्जिङ स्टेसन निर्माण हुने
इनिसा विक मृत्यु प्रकरण: निष्पक्ष छानबिनका लागि नेपालगञ्जबाट फरेन्सिक विज्ञ बोलाइयो
इनिसा विक मृत्यु प्रकरण: निष्पक्ष छानबिनका लागि नेपालगञ्जबाट फरेन्सिक विज्ञ बोलाइयो
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
कुन दिन हाम्रा प्रधानमन्त्रीले आफ्नो जन्मदिनको उपलक्ष्यमा समेत विदा दिन बेर छैन !
कुन दिन हाम्रा प्रधानमन्त्रीले आफ्नो जन्मदिनको उपलक्ष्यमा समेत विदा दिन बेर छैन !
आइतबार कस्तो रहला देशभरको मौसम?
आइतबार कस्तो रहला देशभरको मौसम?
बाढीले भत्काएका संरचनाको सेनाद्वारा पुनःनिर्माण शुरु
बाढीले भत्काएका संरचनाको सेनाद्वारा पुनःनिर्माण शुरु

तपाईंले छुटाउनुभयो कि?