एनआइसी एसिया बैंकको लफडामा राष्ट्र बैंकमा रोइलो

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ २२, २०७६
|
|
५६ पटक हेरिएको
Shares
एनआइसी एसिया बैंकको लफडामा राष्ट्र बैंकमा रोइलो

सारांश

  • आक्रामक बजार विस्तारमा होमिएको एनआइसी एसिया बैंकको चुरीफुरीले सबै बैंकलाई अचम्भित तुल्याएको छ ।
  • सबैको बजार यही हो, ऋणी र निक्षेपकर्ता पनि नेपाली नै हुन् तर एनआइसी एसियाको पारा अलिक अविश्वसनीय देखिन्थ्यो ।
  • जे गरे पनि राष्ट्र बैंकका उच्च अधिकारीले आँखा चिम्लिदिएपछि उक्त बैंकका हर्ताकर्ताको पनि महादेवको तीन नेत्रले फरक काम गर्न थाल्यो ।

आक्रामक बजार विस्तारमा होमिएको एनआइसी एसिया बैंकको चुरीफुरीले सबै बैंकलाई अचम्भित तुल्याएको छ । सबैको बजार यही हो, ऋणी र निक्षेपकर्ता पनि नेपाली नै हुन् तर एनआइसी एसियाको पारा अलिक अविश्वसनीय देखिन्थ्यो । जे गरे पनि राष्ट्र बैंकका उच्च अधिकारीले आँखा चिम्लिदिएपछि उक्त बैंकका हर्ताकर्ताको पनि महादेवको तीन नेत्रले फरक काम गर्न थाल्यो ।

श्रोतका अनुसार बैंकले वर्षौंदेखि केन्द्रीय बैंकले निर्देशित गरेको कृषि लगायत विपन्न क्षेत्रमा लगानी गर्नुपर्ने करोडौं रकमलाई आफ्नो दुनो सोझ्याउने गरी अपचलन गरेको पुष्टि भएको छ । केही प्रभावशाली सञ्चालकको मिलेमतोमा सीईओदेखि कर्जा विभाग प्रमुख, जोखिम विभाग प्रमुख तथा प्रायोरिटी ऋण विभाग प्रमुखले करोडौं रकम फरक प्रयोजनको लागि अलग्गै क्षेत्रमा ऋण प्रवाह गरेको पाइएपछि केन्द्रीय बैंकका उच्च अधिकृत र अधिकारीहरू हस्याङफस्याङ गर्न थालेका छन् ।

उच्च स्रोतका अनुसार एनआइसी एसियाको उक्त बदमासीका कारण खराब कर्जाको नोक्सानी व्यवस्था गर्न चालु वर्षको चैत मसान्तसम्म उसले कमाएको भनिएको झण्डै सवा दुई अर्ब रुपैयाँले पनि नपुग्ने भएको छ । अब उक्त बैंकले तत्काल झण्डै पौने तीन अर्ब रूपैयाँ बराबरको खराब कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने छ । कर्जा अपचलनको समाचार सार्वजनिक नहुँदै सोमबार र मंगलबारको सेयर बजारमा बैंकको सेयर मूल्यमा पनि निकै गिरावट आएको छ । जनआस्थाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रभुचेला : खर्कबाट पर्यटकीय गन्तव्य
प्रभुचेला : खर्कबाट पर्यटकीय गन्तव्य
मोदीसँगै अयोध्यामा राम मन्दिरको भुमिपुजन गरेका नृत्यगोपाललाई कोरोना संक्रमण
मोदीसँगै अयोध्यामा राम मन्दिरको भुमिपुजन गरेका नृत्यगोपाललाई कोरोना संक्रमण
अदालतको अवहेलना कि मिडिया ट्रायल ?  (सर्वोच्च अदालत—कान्तिपुर प्रकरण)
अदालतको अवहेलना कि मिडिया ट्रायल ? (सर्वोच्च अदालत—कान्तिपुर प्रकरण)
बेलायती प्रधानमन्त्रीद्वारा आयरल्यान्डसँगको सीमामा कडाई गर्ने घोषणा
बेलायती प्रधानमन्त्रीद्वारा आयरल्यान्डसँगको सीमामा कडाई गर्ने घोषणा
प्रहरीचौकी इञ्चार्ज मृत फेला घटनामा आमा छोरा पक्राउ
प्रहरीचौकी इञ्चार्ज मृत फेला घटनामा आमा छोरा पक्राउ
नेपाली शान्ति सेनाद्वारा विद्रोहीको हमला विफल
नेपाली शान्ति सेनाद्वारा विद्रोहीको हमला विफल
पोष्टर्मको लागि समय लाग्ने भएकोले श्रद्धाञ्जली कार्यक्रम भोलि विहान ८ बजेसम्म स्थगित्
पोष्टर्मको लागि समय लाग्ने भएकोले श्रद्धाञ्जली कार्यक्रम भोलि विहान ८ बजेसम्म स्थगित्
पृथ्वी पथले मुलुकलाई समृद्धितर्फ लैजाने : डा. लोहनी
सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना
सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना
ढल फुटेर तीनमहिना बितिसक्दा पनि सम्बन्धित निकाय मुकदर्शक
ढल फुटेर तीनमहिना बितिसक्दा पनि सम्बन्धित निकाय मुकदर्शक

तपाईंले छुटाउनुभयो कि?