आजको मौसमः चार प्रदेशमा पानी पर्ने समभावना

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन ७, २०८०
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ।
  • साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशको केही, गण्डकी र लुम्बिनी प्रदेशको थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।

मधेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राति भने कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत संभावना रहेको छ। साथै, मधेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङ्ग र तराईमा हावाहुरीको जोखिम रहने हुँदा सोबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन थापाको माग
अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन थापाको माग
इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा भूकम्प
इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा भूकम्प
मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो : आयोग
मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो : आयोग
जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते
जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते
चलचित्र ‘रोज’ रूचाए दर्शकले , कस्ले के भने ? (फाेटाे/भिडियाे सहित)
चलचित्र ‘रोज’ रूचाए दर्शकले , कस्ले के भने ? (फाेटाे/भिडियाे सहित)
कांग्रेससँगको एकता भंग गरिदिन्छु : गच्छदार
कांग्रेससँगको एकता भंग गरिदिन्छु : गच्छदार
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
प्रसिद्ध साहित्यकार भी एस नयपालको निधन
प्रसिद्ध साहित्यकार भी एस नयपालको निधन
निर्मला हत्या प्रकरणमा: दुई डिएसपी सहित पाँच प्रहरी निलम्बन
निर्मला हत्या प्रकरणमा: दुई डिएसपी सहित पाँच प्रहरी निलम्बन
बाढि पहिरो लाई मध्यनजर गर्दै डा. केसिले अनसन तोड्ने सक्ने संकेत,
बाढि पहिरो लाई मध्यनजर गर्दै डा. केसिले अनसन तोड्ने सक्ने संकेत,

तपाईंले छुटाउनुभयो कि?