दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १९, २०८०
|
|
५८ पटक हेरिएको
Shares
दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी

सारांश

  • भरतपुर।
  • दुर्लभ चरा संरक्षणमा यहाँका संरक्षणकर्मी जुटेका छन्।
  • भरतपुर महानगरपालिका-२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन्।

भरतपुर। दुर्लभ चरा संरक्षणमा यहाँका संरक्षणकर्मी जुटेका छन्। भरतपुर महानगरपालिका-२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन्।

पहिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू अहिले लोप हुन थालेपछि संरक्षणकर्मी चरा संरक्षण र सङ्ख्या बढाउने अभियानमा लागेको चितवन गाइड एशोसिएसन मेघौली घटघाई उपसमितिका अध्यक्ष एवं संरक्षणकर्मी मनिष लिम्बूले जानकारी दिए। उनका अनुसार दिव्यनगर क्षेत्रका खेतबारीमा विश्वका दुर्लभ चरा देख्न सकिन्छ।

चरा संरक्षणका लागि जनचेतना जगाउन वडामा सोमबार होर्डिङ बोर्ड राखिएको छ। बोर्डमा चरा संरक्षणका बारेमा जानकारी र ३६ प्रकारका चराको सूची राखिएको लिम्बूले बताए। “यहाँ जाडो छल्न चरा आउँछन्”, उनले भने, “खानेकुरा खोज्दै आउने चरालाई बचाउने हाम्रो जिम्मेवारी हो।”

चरा संरक्षणका लागि वडा नं २६ ले आर्थिक सहयोग गरेको छ। वडाध्यक्ष ज्ञानप्रसाद खनालले यस वर्ष ५० हजार बजेट विनियोजन गरेको र आगामी वर्षहरूमा चरा संरक्षणका लागि बजेट थप्दै लैजाने बताए। “संसारमै नभएका चरा यहाँ छन्”, उनले भने, “यी चराको संरक्षण गर्न गाउँघरमा जनचेतना जगाउनुपर्छ।” उनले वडामा कुनै पनि चरा मार्न नपाइने भन्दै चरा संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए। पर्यटन प्रवर्द्धनका लागि पनि चरा महत्तवपूर्ण भएको उनको भनाइ छ।

चराविज्ञ हठन चौधरीले चरा संरक्षणका लागि जनचेतान जगाउन आवश्यक रहेको बताए। उनले स्कुलस्तरमा चरा संरक्षणका लागि कार्यक्रम गर्नुपर्ने भन्दै खेतबारीमा रासायनिक विषादी प्रयोग नगर्न किसानलाई अनुरोध गर्नुपर्ने बताए। साइबेरिया, काजकिस्तान, मङगोलिया, तिब्बतजस्ता मुलुकबाट नेपालमा दुर्लभ चरा आउने गरेको उनले बताए। नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन्। यसमा ४२ प्रजातिका चरा दुर्लभ चरा यहाँ छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
बट्टाईको अण्डा खाँदा फाइदै-फाइदा
बट्टाईको अण्डा खाँदा फाइदै-फाइदा
विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराखाैँ: गगन कुमार थापा
सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १८ घाइते
सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १८ घाइते
गभर्नरले राष्ट्र बैंकमा लुकाएको फाइल अख्तियारले भेट्टायो, अहिले प्रहरीमा
गभर्नरले राष्ट्र बैंकमा लुकाएको फाइल अख्तियारले भेट्टायो, अहिले प्रहरीमा
प्रदेश को नाम सगरमाथा र कोशी राखीए युद्द हुने: लिगंदेन
प्रदेश को नाम सगरमाथा र कोशी राखीए युद्द हुने: लिगंदेन
भारत भ्रमणमा ओलीले मोदीलाई नाकाबन्दीप्रति ‘सरी’ भन्न लगाउलान्?
भारत भ्रमणमा ओलीले मोदीलाई नाकाबन्दीप्रति ‘सरी’ भन्न लगाउलान्?
आयोगले तोक्यो निर्वाचनका लागि खर्चको सीमा, उम्मेदवारले कति खर्च गर्न पाउने ?
आयोगले तोक्यो निर्वाचनका लागि खर्चको सीमा, उम्मेदवारले कति खर्च गर्न पाउने ?
आजको मौसम कस्तो रहनेछ ? थाहा पाउनुहोस्
आजको मौसम कस्तो रहनेछ ? थाहा पाउनुहोस्
जगदम्बा उद्योग माथि कारवाही
जगदम्बा उद्योग माथि कारवाही

तपाईंले छुटाउनुभयो कि?