क्रिप्टोकरेन्सी राष्ट्रबैँकको टाउको दुखाइ किन बन्यो ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र १, २०७९
|
|
३८ पटक हेरिएको
Shares
क्रिप्टोकरेन्सी राष्ट्रबैँकको टाउको दुखाइ किन बन्यो ?

सारांश

  • काठमाडौ ।
  •   डिजिटल माध्यमबाट कारोबार हुने भर्चुअल करेन्सीरक्रिप्टोकरेन्सी तथा हाइपर फन्ड भनिने अर्को प्रणाली सबैका कारोबार वा व्यवसायलाई राष्ट्रब्याङ्कले गैरकानुनी भनेको छ।
  • नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअलरक्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको र यस ब्याङ्कले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा यसको कारोबार गैरकानुनी छ, राष्ट्रब्याङ्कले जारी गरेको सूचनामा उल्लेख छ।

काठमाडौ ।  डिजिटल माध्यमबाट कारोबार हुने भर्चुअल करेन्सीरक्रिप्टोकरेन्सी तथा हाइपर फन्ड भनिने अर्को प्रणाली सबैका कारोबार वा व्यवसायलाई राष्ट्रब्याङ्कले गैरकानुनी भनेको छ।

नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअलरक्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको र यस ब्याङ्कले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा यसको कारोबार गैरकानुनी छ, राष्ट्रब्याङ्कले जारी गरेको सूचनामा उल्लेख छ।

राष्ट्रब्याङ्कले क्रिप्टोकरेन्सीसहित पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फन्डमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पूँजी पलायन, मूल्यमा अस्थिरता एवं उतारचढाव, सट्टेबाजी आदि सम्बन्धी जोखिमहरू अन्तर्निहित हुने भन्दै यसका खतरा स्मरण गराएको छ।

हुन त नेपालको राष्ट्रब्याङ्क मात्र होइन अहिले विश्वका धेरै केन्द्रीय ब्याङ्कहरूका निम्ति क्रिप्टोकरेन्सी टाउको दुखाइ बनेको छ।

अमेरिकी अधिकारीहरूदेखि लिएर भारतीय अधिकारीहरूले बेलाबेला यसको प्रयोग गैरकानुनी काममा हुनसक्ने भन्दै सचेत गराउँदै आएका छन्।

राष्ट्रब्याङ्कले उसको सूचनामा कर छली वा सम्पत्ति शुद्धीकरण वा पूँजी पलायन जस्ता कारण देखाएको छ। तर क्रिप्टोकरेन्सीकै कारोबारले यसमा कति गम्भीर असर पारिरहेको छ भन्ने स्पष्ट छैन।

ूसमस्या के भने यो त अहिले नै नेपालमा प्रतिबन्धित छ त्यसैले यसमा यति कारोबार भएको होला वा उति पूँजी पलायन भएको होला भनेर नाप्नै सकिँदैन। तर जतिखेर क्रिप्टोकरेन्सीको बजार संसारमा मौलायो त्यतिखेर हाम्रा आर्थिक आँकडाहरूमा विप्रेषण घट्न थालेको देखियो। अर्थात् विप्रेषणको रकम अन्तै गएको हुनसक्ने देखियो,ू राष्ट्रब्याङ्कका पूर्व डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले बताए।

गत वर्ष नोभेम्बर ताका अग्रणी क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य झन्डै ७० हजार अमेरिकी डलरसम्म पुगेको थियो (जुन अहिले करिब २४ हजार डलरमा झरेको छ)।

ूत्यो ताका पक्कै पनि धेरै मानिसले त्यसमा लगानी गरे होलान्। त्यसको निम्ति यहाँबाट पैसा लैजान मिल्दैन त्यसैले बाहिरबाट नै विप्रेषणको रकम हुन्डीमार्फत् त्यतातिर लगेको अनुमान गर्न सकिन्छ। जति क्रिप्टोकरेन्सीको कारोबार बढ्यो त्यति नेपाल आउने विप्रेषणले हुन्डीको बाटो समाउने हुनसक्छ, -मानन्धरले भने।

हुन पनि त्यसयता सरकारका आँकडाहरूले अस्वाभाविक रूपमा विप्रेषणको वृद्धि दर घट्न थालेको देखाएका थिए। -बिबिसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?