Tuesday, May 7
Shadow

कालाेबजारियाहरु सक्रिय, ग्यास अभाव हुन्न : आयल निगम


  • -इ
  • इ+

काठमाडौ । जबर्जस्ती अभाव सिर्जना गरेर कालाेबजारियाहरुले अकुत कमाउन उपभाेक्तालाई मारमा पार्न सक्रिय भएका छन् । जसकाे असरले खाना पकाउने एलपी ग्यास नपाइने त्रासमा काठमाडौंको अनामनगरमा उपभोक्ताहरु शुक्रबार लाइनमा बसे । चार वर्षअघि भारतले लगाएको अघोषित नाकाबन्दीपछि पहिलोपटक यसरी उपभोक्ताहरु सिलिण्डर बोकेर लाइनमा बसेका हुन् ।

अब ग्यास पाइँदैन कि भन्ने त्रास आम जनतामा छायो । कोरानाका कारण नाकाबन्दीमा जस्तै ग्यासको अभाव हुने डरले उनीहरु लाइनमा बसेका हुन् ।

यत ग्यास पाइन्न कि भन्ने त्रास उपभोक्तामा देखिएपछि वितरणलाई बढाउन निर्देशन जारी गरिएको नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा दैनिक ३० हजार सिलिण्डर भरिएका ग्यास वितरण भइरहेकोमा शनिबारदेखि सबै कम्पनीको गरेर थप १४ हजार, अर्थात ४४ हजार सिलिण्डर पठाइने निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।

‘बजारमा काल्पनिक त्रास देखियो यो चिर्नका लागि वितरण शनिबारबाट बढ्छ, बढीमा दुई तीन दिनमा उपत्यकाका कुनै पनि ग्राहकका सिलिण्डर रित्तो रहने छैन् ।’ कार्यकारी निर्देशक पौडेलले दाबी गरे ।

निगमका अनुसार अघिल्लो वर्ष जाडो महिनामा ३५ हजार ५६४ मेक्ट्रिटन ग्यास खपत भएको थियो । यस वर्ष फेबु्रअरीसम्म ४१ हजार ११५ मेक्ट्रिटन ग्यास आयात भएको र अहिलेको महिनामा पनि आवश्याक भन्दा ५ हजार मेक्ट्रिकटन बढी ग्यास मगाइएको भन्दै निगमले कुनै अभाव नहुने स्पष्ट पारेको छ ।

गर्मी बढेसँगै ग्यासको खपत पनि घट्ने र आयातमा कुनै संकुचन नरहेकाले इन्धनको जोखिमपूर्ण भण्डारण नगर्न निगमले अपील गरेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्