Saturday, May 18
Shadow

फाेन लाग्नेवित्तिकै सुनिन्छ, अनिता विन्दुकाे ‘काेराेना’बारे सचेतनाकाे सन्देश


  • -इ
  • इ+
अनिता विन्दु नेपाल पत्रकार महासंघकी निवर्तमान उपाध्यक्ष हुन् । 

कुनै पनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्ने सहितको सन्देश दिन थालिएको हो ।

पटक–पटक सावुनपानीले हात धुन, व्यक्तिहरुसँग सामाजिक दूरी कायम गर्न सन्देशमा भनिएको छ ।

टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो ।

फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्छ ।

सन्देशमा नेपाल टेलिभिजनमा कार्यरत पत्रकार अनिता बिन्दुले टेलिकमको सचेतनामूलक सन्देशमा आवाज दिएकी छिन् ।

प्रत्येक पटक फोन गर्दा कोरोनाबाट बच्ने उपाय सम्झाउने अभियानमा जोडिन पाउँदा उनले खुसी प्रकट गरिन् । टेलिकमको यो अभियान अहिले निकै प्रभावकारी मानिएको छ ।

यद्यपी टेलिकमको यो सन्देशमा स्वास्थ्य मन्त्रालयले थप अद्यावधिक गर्नुपर्ने देखिएको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्