Friday, May 17
Shadow

अनलाइन कक्षा निर्देशिका जारी


  • -इ
  • इ+

काठमाडौं । कोभिड-१९ (नोवल कोरोना भाइरस) महामारीविरुद्धको लकडाउन लम्बिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनलाइन कक्षा सञ्चालनसम्बन्धी निर्देशिका जारी गरेको छ ।

त्रिवि कार्यकारी परिषदबाट स्वीकृत निर्देशिकामा कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालन चरण, आचार संहिता र कारबाही गरी चार खण्ड छन् । जसमा अनलाइन कक्षामा सहभागी विद्यार्थीले शिक्षकसँग अदरार्थी शब्दको प्रयोग गर्नुपर्ने र नगरे कारवाही गरिने निर्देशिकामा उल्लेख छ ।

‘विद्यार्थीहरूले शिक्षकहरूसँग सम्वाद गर्दा आदरार्थी शब्दको प्रयोग गर्नुपर्नेछ । कसैलाई पनि अनादर गर्नुहुँदैन’ निर्देशिकामा भनिएको छ ।कक्षामा सहभागी हुँदा शिक्षक र विद्यार्थीले अनिवार्य औपचारिक पोशाक लगाउनु पर्ने, विद्यार्थी र शिक्षकले अनलाइन कक्षामा प्रयोग गरिएका सामग्री फेसबुकमा सार्वजनिक गर्न नपाइने भनिएको छ ।पूर्णकालीन शिक्षकहरूले विश्वविद्यालयको विभाग, स्कुल वा आंगिक क्याम्पस बाहेक अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुन नपाइने आचार संहिता खण्डमा उल्लेख छ ।

निर्देशिकामा उल्लेख आचार संहिता पालना गर्ने विद्यार्थी, शिक्षक वा कर्मचारीलाई विश्व विद्यालयको नियम अनुसार कारवाही गरिने भनिएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्