Friday, May 3
Shadow

रोकेन लकडाउनले भक्तपुरको ऐतिहासिक परम्परा


  • -इ
  • इ+

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण जात्रा, मेला महोत्सव सबै स्थगित भएका छन् । तर, हामी धार्मिक आस्था र परम्परा नअपनाइरहन कहाँ सक्छौं र ।

घर बाहिर निस्किन सरकारले लगाएको प्रतिबन्धका बाबजुद सोमबार बिहानै भक्तपुरका बासिन्दा बिस्केट जात्रा अन्तर्गतको परम्परागत पूजा विधिमा सहभागी भए ।

मल्कालदेखि चल्दै आएको परम्पराअनुसार नयाँ वर्षको दिन भक्तपुरमा बिस्केट जात्रा मनाइन्छ । नयाँ वर्षको पूर्वसन्ध्यामा ल्हासिखेलमा लिंगो उठाइन्छ । वैशाख १ गते तौमढीस्थित न्यातपोलबाट भैरव र भद्रकालीको रथ तानेपछि सो लिंगो ढालिन्छ ।

तर, यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्थानीय प्रशासनले बिस्केट जात्रा र बिस्केट जात्राकै नमनाउने निर्णय गर्‍यो । रथ तान्ने, धेरै मानिसहरु भेला भएर जात्रा मनाउने नगरे पनि ल्हासिखेलमा आज विहानै पूजा गर्नेहरुको भिड लाग्यो । स्थानीयबासी हातमा पूजाको थाली लिएर घरबाट निस्किए । कुखुराको बली दिए र परम्परागत पूजा विधि पूरा गरे । उनीहरुबीच सरकारले भनेजस्तो व्यक्तिगत दुरी कायम थिएन । यद्यपि कतिपयले मास्क लगाएका थिए ।

वृद्धवृद्धा, युवायुवती, बालबालिकाहरु बिहान चार बजे पूजा गर्नका लागि घरबाट निस्किएका थिए । भीड बढी भएपछि करिब सात बजेतिर प्रहरीले उनीहरुलाई आ–आफ्नो घर फर्काएको थियो ।

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्