Monday, May 6
Shadow

रोपाइँ महोत्सवमा सहभागि हुन कृषिमन्त्री उदयपुरमा


  • -इ
  • इ+

उदयपुर । राष्ट्रिय धान दिवसको अवसरमा हुने रोपाई महोत्सवमा सहभागि हुन कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भुषाल उदयपुर पुगेका छन् । उदयपुरको त्रियुगा नगरपालिकामा हुने कार्यक्रममा मन्त्री भुषालले मेसिनले धान रोप्ने कार्यक्रम छ ।

कार्यक्रममा सहभागि हुन हिजो बेलुकी नै मन्त्री भुषाल उदयपुर सदरमुकाम गाईघाट पुगेका छन् । त्रियुगा नगरपालिकामा १ सय ६० विघामा सुरु गरिएको धानखेतमा हुने कार्यक्रममा मन्त्री भुषाल सहभागि हुनेछन् ।

यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सञ्चालन गर्न सरकारले निश्चित मापदण्ड तयार गरेको छ । यसअघि आ–आफ्नै परम्पराअनुसार रोपाइँ महोत्सव भएपनि यसपटक विश्वमा फैलँदै गएको कोभिड–१९ का कारण रोपाइँ महोत्सव सञ्चालन गर्न मापदण्ड बनाईएको हो ।

मापदण्ड अनुसार खेतमा रोपार र लाठेबीच हिलो छ्यापाछ्याप तथा २५ जनाभन्दा बढी रोपार र लाठे भेला हुन पाईने छैन । यद्यपि २५ भन्दा बढी रोपारबाट रोपाइँ गर्नुपर्ने भए एक अर्का बीचको दूरी ६ फिट कायम राख्नुपर्ने छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन र जोगाउन धान रोपाइँ हुने स्थान वरपर गुणस्तरीय मास्क, सानिटाइजर र हात धुनका लागि साबुनपानीको व्यवस्था मिलाउनुपर्ने सरकारको मापदण्डमा उल्लेख छ ।

रोपार तथा बाउसेको शरीरको तापक्रम तथा लक्षणको मापन गर्नुपर्ने तथा परीक्षण गर्दा १०० दशमलव चार प्रतिशत ज्वरो आएमा रोपाइँमा संलग्न हुन रोक लगाउनुपर्ने मापदण्ड तय गरिएको छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । हालको जनसङ्ख्याका लागि ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । तर नेपालको उत्पादन भने जम्मा ५५/५६ लाख मेट्रिक टन छ । कृषि विभागका महानिर्देशक काञ्चनराज पाण्डेले प्रतिवर्ष ३० अर्ब रुपैयाँको चाम आलायत हुने गरेको बताए ।

हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालको सबै जिल्लामा धान रोपाइँ हुन्छ । हालसम्म उच्च, मध्य पहाड र तराईमा गरी दुई लाख ७५ हजार, २९ हेक्टर जमीनमा रोपाइँ सम्पन्न भइसकेको छ । धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समेत महत्व छ । नेपालमा १३० जातका धानका बीउ सिफारिस भइसकेका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्