Thursday, May 9
Shadow

व्यवस्थापन संघद्धारा राष्ट्र बैंकलाई मौद्रिक नीतिमा सुझाव


  • -इ
  • इ+

काठमाडौं । नेपाल व्यवस्थापन सङ्घले कोरोनाका कारण अर्थतन्त्रमा परेको समस्या समाधान गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

बैंकले जारी गर्ने मौद्रिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यमा सहयोग पु¥याउने उद्देश्यले अनलाइनमार्फत आयोजित मौद्रिक नीति छलफल कार्यक्रमको प्रतिवेदन आज गभर्नर महाप्रसाद अधिकारीलाई हस्तान्तरण गर्दै उक्त सुझाव दिएको हो ।

संघले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषयका सन्दर्भमा यही असार ५ गते विद्युतीय माध्यमबाट छलफल गरेको थियो । संघले निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधि, प्रशासक, वित्तविज्ञ र सरोकारवालासँगको छलफलबाट प्राप्त भएको सुझाव सहितको प्रतिवेदन आज बुझाएको हो ।

नेपाल राष्ट्रबैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको कार्यपत्रमा आधारित विषयगत छलफल र यसमा निजी क्षेत्र र विज्ञका सुझावलाइ समेटर तयार पारिएको परिस्कृत प्रतिवेदन गभर्नर अधिकारीलाई हस्तान्तरण गरिएको संघका सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले प्रतिवेदनमा वर्तमान अवस्थामा निजी क्षेत्रसंगै बैंक तथा वित्तीय संस्थाले भोगिरहेका समस्या र त्यसको उपयुक्त समाधानका लागि सहजीकरण गर्ने गरी आगामी २०७७÷०७८ को मौद्रिक नीति केन्द्रित हुनुपर्ने विषयवस्तु समेटिएको बताए ।

यस्तै अत्यावश्यक विषय, आवश्यकता, कार्यान्वयन पक्ष र चुनौतीलाई समेत प्रतिवेदनमा समावेश गरिएको श्रेष्ठको भनाई छ । प्रतिवेदन ग्रहण गर्दै गभर्नर अधिकारीले व्यवस्थापन संघ जस्तो व्यवस्थापकको छाता संगठनले उपलब्ध गराएका सुझावलाई आगामी मौद्रिक नीतिमा समेट्ने प्रतिवद्धता व्यक्त गरे । हरेक वर्ष संघले मौद्रिक नीतिमा विज्ञसँग छलफल चलाइ नेपाल राष्ट्र बैंकलाइ सुझाव दिँदै आएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्