Friday, May 3
Shadow

विश्वविद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरे अमेरिकाबाट अन्तर्राष्ट्रिय विद्यार्थीहरु आफ्नै देश फिर्ता हुन सक्ने


  • -इ
  • इ+

सीएनएन  यदी विश्वविद्यालयले अनलाइन कक्षा मात्र सञ्चालन गर्ने निर्णय गरे अमेरिकामा पढ्न आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुले देश छाड्न पर्ने हुनसक्ने इमिग्रेसन एन्ड कस्टम्स इनफोर्समेन्ट (आईसीई) ले सोमबार बताएको छ ।

कोरोनाभाइरसको महामारीका कारण हार्भड र प्रिन्सटनजस्ता अमेरिकाका धेरै विश्वविद्यालयले क्याम्पसमा रहेका विद्यार्थीहरुलाई समेत कोर्सका केही अंश अनलाइन कक्षा मात्र दिने घोषणा गरिसकेको छ ।

यदी यो लागू भए अमेरिकामा हाल अध्ययन गरिरहेका १० लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरु प्रभावित हुनेछन् । इन्सटिट्युट अफ इन्टरनेसनल एजुकेसनका अनुसार सन् २०१८–१९ मा १० लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययन गरिरहेका थिए ।

यसमध्ये धेरै विद्यार्थी एसियाली मुलुकका रहेका छन् । सबैभन्दा धेरै चीनबाट ३ लाख ६९ हजार ५४८ र भारतबाट २ लाख २ हजार १४ रहेका छन् । पाँचौ स्थानमा क्यानाडाबाट २६ हजार १२२ र १० औँ स्थानमा मेक्सिकोबाट १५ हजार २२९ रहेका छन् ।

आईसीईले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेका विश्वविद्यालयमा पढ्न आउन लागेका विद्यार्थीहरुलाई भिसा पनि जारी नगर्ने बताएको छ । र, त्यस्ता विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीहरुलाई अमेरिकामा प्रवेश नदिने बताएको छ ।

अमेरिकी काउन्सील अफ एजुकेसनका उपाध्यक्ष ब्राड फ्रान्सवर्थले यो घोषणाले सबैलाई आश्चर्यचकित बनाएको बताएका छन् । यसले थप अन्यौलता र अनिश्चितता ल्याउने उनको प्रतिक्रिया छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्