Monday, May 6
Shadow

तातोपानी, रसुवागढी नाका सहज गर्न चेम्बरको ध्यानाकर्षण


  • -इ
  • इ+

काठमाडौ । चीन–नेपाल व्यापारको प्रमुख नाका तातोपानी र रसुवागढीबाट हुने आयात निर्यात सहजीकरण गर्न नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण गरेको छ ।

चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेसँगको भेटघाटका क्रममा अध्यक्ष चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठसहितको पदाधिकारीले निर्वाध रुपमा नाका संचालन गर्र्नुपर्नेमा जोड दिएका हुन् ।

अध्यक्ष श्री श्रेष्ठले चीनको बजारमा कृषि र पशुपंक्षीजन्य उपज निर्यातको ठूलो सम्भावना रहेकाले चिनिया बजारमा सहज प्रवेशका लागि क्वारान्टाइनको प्रक्रियालाई सहजिकरण गर्न चेम्बर पदाधिकारीले माग गरेका छन् ।

चीनले ८ हजार बढी नेपाली उत्पादनहरुका मालवस्तुको आयातमा शुन्य भन्सार महशुल दरमा प्रवेश सुविधा प्रदान गरेको र यस सुविधा प्राप्त गर्न ४० प्रतिशत मूल्य अभिवृद्धि पूरा भएको हुनुपर्ने प्रावधान छ । यो प्रावधान पूरा गर्न कतिपय मालवस्तुहरुमा कठिन भएकोले सो घटाउन पनि पहल गरिनु पर्ने चेम्बरको धारणा छ ।

नेपालको पर्यटन विस्तारमा चीनिया पर्यटकको ठूलो योगदान रहेकाले कोभिड पश्चात चीनका पर्यटकहरुलाई भित्र्याउन पहल गर्नुपर्ने लगाएतका सुझाव दिइएको थियो । नवनियुक्त पाण्डेले चेम्बरबाट प्राप्त सुझावहरु गम्भिरता पूर्वक मनन गरि आप्mनो तर्फबाट सहजिकरण गर्न सक्दो प्रयास गर्ने बताउनु बताए ।

नेपाल चीन चेम्बर अफ कमर्सका अध्यक्ष श्री त्रिभुवनधर तुलाधरले चीनबाट धार्मिक तथा संस्कृतिक पर्यटक प्रवर्धन गर्न आग्रह गरे । भेटघाटमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश अग्रवाल तथा नेपाल चीन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधर लगायतका पदाधिकारीले समेतको उपस्थिति रहेको थियो ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्