Sunday, May 5
Shadow

संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता


  • -इ
  • इ+

 संखुवासभा । केही दिनदेखि परिरहेको भारी वर्षाका कारण संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाएको छ । यद्यपि, हालसम्म टोली पुगिसकेको छैन ।

संखुवासभाका डीएसपी नवराज मल्लले अनलाइनखबरलाई बताए अनुसार त्यस क्षेत्रममा पहिरोले ८ वटा घर पुरेको खबर आएको छ । ‘नजिकैको प्रहरी चौकीबाट घटनास्थलमा पुग्न चार घन्टा लाग्छ, अहिले ३ घन्टा हुन लाग्यो । टोली पुगेपछि विस्तृत खबर आउँछ’, मल्लले भने ।

मल्लका अनुसार वर्षाका कारण सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्