Saturday, May 18
Shadow

Tag: प्राकृतिक विपत्ती

संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता

संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता

प्रदेश नं. १, समाज
 संखुवासभा । केही दिनदेखि परिरहेको भारी वर्षाका कारण संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाएको छ । यद्यपि, हालसम्म टोली पुगिसकेको छैन । संखुवासभाका डीएसपी नवराज मल्लले अनलाइनखबरलाई बताए अनुसार त्यस क्षेत्रममा पहिरोले ८ वटा घर पुरेको खबर आएको छ । ‘नजिकैको प्रहरी चौकीबाट घटनास्थलमा पुग्न चार घन्टा लाग्छ, अहिले ३ घन्टा हुन लाग्यो । टोली पुगेपछि विस्तृत खबर आउँछ’, मल्लले भने । मल्लका अनुसार वर्षाका कारण सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ ।...
माडीमा दीर्घकालीन महत्वका काम गरेरै छाड्छु : प्रचण्ड

माडीमा दीर्घकालीन महत्वका काम गरेरै छाड्छु : प्रचण्ड

बागमती प्रदेश, समाज
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् चितवन क्षेत्र नं. ३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडी क्षेत्रमा दीर्घकालीन महत्वका काम गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । बाढी र डुबानको चपेटामा परेका क्षेत्र निरीक्षण गर्न शनिबार माडी पुगेका अध्यक्ष प्रचण्डले आफ्नो बाँकी साढे दुई वर्षको सांसद पदको अवधिभित्र माडीका जनताले सधैं सम्झिरहने दीर्घकालीन महत्वका काम गरेरै छाड्ने बताए । प्रचण्डले भने, ‘मैले अरु सामान्य सांसदले जस्तै केही सामान्य काम गरेर मात्रै सुख पाउँदिनँ, केही गरेरै देखाउनु छ ।’ ‘माडीमा केही न केही विकासका दीर्घकालीन आधारशिला खडा गर्नु छ, यहाँका जनताले भविश्यमा समेत सम्झिने काम गर्नु छ, रिउ करिडोरमा रिङरोडको काम सुरु हुन्छ,’ प्रचण्डले थपे । ‘२३ किलोमिटर सडकभित्र १२ वटा पुल निर्माण सुरु भयो’ उनले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा आकाशे पुल बनाउने पूर...
जाजरकोटमा  पहिरोले पुरिएको  ९ जनाको शव भेटियो, ६ बेपत्ता

जाजरकोटमा पहिरोले पुरिएको ९ जनाको शव भेटियो, ६ बेपत्ता

कर्णाली प्रदेश, समाज
जाजरकोट। जाजरकोटमा पहिरोमा परी बेपत्ता भएका ८ जना मध्ये शनिबार दुई जनाको शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या ९ पुगेको छ भने ६ जना अझै बेपत्ता छन् । जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार बेपत्तामध्ये ७ जनाको शव शुक्रबार भेटिएको थियो भने शनिबार थप दुई जनाको भेटिएको हो शनिबार बारेकोट गाउँपालिका–४, सार्कीगाउँका कल्लु सार्की र उनका ६ वर्षका छोरा सुवास सार्कीको सब फेला परेको डीएसपी श्रेष्ठले जानकारी दिए । बारेकोट गाउँपालिका–४ का ५२ वर्षीय गोपाल सार्की, उनको ११ वर्षका छोरा अर्जुन सार्की र १४ वर्षीया छोरी तिर्खा सार्की र कलुको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की, १४ वर्षीकी गौरी, १६ वर्षकी कविता र १८ वर्षका वीरेन्द्र सार्कीको शव शुक्रवार नै भेटिएको थियो । बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका–४ सार्कीगाउँका गोपाल सार्की र कालु सार्कीको घर बगाउँदा ...
बाढीमा परेर झापामा एक जनाको मृत्यु

बाढीमा परेर झापामा एक जनाको मृत्यु

प्रदेश नं. १, समाज
झापा । केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण नदीमा आएको बाढीमा परेर झापामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता छन् । मृत्यु हुनेमा जिल्लाको झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेश छन् । मलामी जाने क्रममा खोलामा पौडी खेलिरहेका वेला बगाएपछि उनी बेपत्ता भएका थिए । घटनाबारे जानकारी पाउने वित्तिकै खटिएको प्रहरी चौकी, शरणामती र इलाका प्रहरी कार्यालय, कुमरखोदको टोलीले बाह्रदशी गाउँपालिका–२ मा उनको शव फेला पारेका थिए । भद्रपुर नगरपालिका–३ स्थित मेची खोलामा आएको बाढीले बगाउँदा अर्का एक जना बेपत्ता छन् । बेपत्ता हुनेमा स्थानीय ३३ वर्षीय हिरण राई छन् । नुहाउने क्रममा उनी बेपत्ता भएको झापाका एसपी कृष्ण कोइरालाले बताए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी महेशपुरबाट टोली गइ खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।...
त्रियुगाखोलाको बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध

त्रियुगाखोलाको बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध

प्रदेश नं. १, समाज
रासस । लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । विद्युत् आपूर्ति अवरुद्ध हुँदा खोटाङसहित तीन जिल्लाका हजारौँ उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । तीनवटै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार–व्यवसायलगायत प्रभावित भएको छ । त्रियुगाखोलामा आएको बाढीको बहाव अझै बढ्दै गएकाले अर्को पोल राख्न तथा मर्मत गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख रामदिनेश राय यादवले बताए । ‘खोलामा आएको बाढीको बहाव नघटेसम्म अर्को पोल राख्न सकिने अवस्था छैन,’ उनले भने, ‘बाढीले ढालेको विद्युत् पोल उठाउन उदयपुरबाट दक्ष प्राविधिक खटाइएको छ । खोलामा आएको बाढीको बहाव घट्ने...
म्याग्दीमा पहिरो : २७ जनाको मृत्यु, झण्डै एक हजार विस्थापित

म्याग्दीमा पहिरो : २७ जनाको मृत्यु, झण्डै एक हजार विस्थापित

गण्डकी प्रदेश, समाज
म्याग्दी । म्याग्दीमा शुक्रबार परेको वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । चार जना अझै हराइरहेका छन् भने १२ जना घाइतेको बेनी, पोखरा र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ । पहिरो धवलागिरी गाउँपालिकाको मराङ, कल्लेरी, राम्चे र रिखामा धनजनको क्षती गरेको छ । यस्तै मालिका गाउँपालिकाको बिमा, दुले र नुरवाङमा धेरै क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीबाट प्राप्त वितरणअनुसार धवलागिरी गाउँपालिकामा मात्र १८ जनाको मृच्यु भएको छ । मृत्यु हुनेमा धवलागिरी-६ मराङका तुबहालुर क्षेत्री, सुकना लामागादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कलला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली छन् । यस्तै १८ वर्षका प्रकाश केसी, अन्दाजी ३३ वर्षकी हिरा मति जुग्जाली, अ. ७ वर्षकी करिश्मा, अ. ५ वर्षकी कञ्चन, ५५ वर्षकी गौशरा, २० वर्षकी दिमा, उनक...
पार्टीको विवाद आन्तरिक हो, प्राकृतिक विपत्तिमा परेकाहरुको उद्दारमा जुट्नुस् : प्रम ओली (सम्बोधनको पूर्णपाठ)

पार्टीको विवाद आन्तरिक हो, प्राकृतिक विपत्तिमा परेकाहरुको उद्दारमा जुट्नुस् : प्रम ओली (सम्बोधनको पूर्णपाठ)

राजनीति, विशेष खबर, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु स्वाभाविक भएको बताएका छन् ।  जुनसुकै राजनीतिक दलभित्र पनि बहस र विवाद हुने भन्दै त्यसलाई निष्कर्षमा पु¥याउने दायित्व पनि सम्बन्धित राजनीतिक दल र नेताहरुकै भएको ओलीले शुक्रबार साँझ देशबासीको नाममा गरेको सम्बोधनमा उल्लेख गरेका छन् । ‘पार्टीभित्र हुनेयस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।’, ओलीले भनेका छन् । अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको हुन सक्ने भन्दै ओलीले नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकत...