Sunday, May 5
Shadow

सार्वजनिक सवारी चलाउनेबारे ‘केन्द्रीय महासंघ’सँग सहमति, ‘राष्ट्रिय महासंघ’सँग सोमबार छलफल


  • -इ
  • इ+

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग आवद्ध सार्वजनिक सवारी चलाउनेबारे सोमबार यातायात व्यवस्था विभागसँग छलफल हुने भएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघले भने सोमबारदेखि नै गाडी चलाउनेबारे विभागसँग आइतबार सहमति गरेको छ ।

मौद्रिक नीतिमार्फत माग सम्बोधन भएपछि सुरक्षित तवरले यातायात सञ्‍चालनबारे सोमबार यातायात व्यवस्था विभाग र व्यवसायीहरुबीच छलफल हुने भएको हो । महासंघका महासचिव सरोज सिटौलाले कान्तिपुरसित भने, ‘भोलि १ बजे यातायात व्यवस्था विभाग र व्यवसायीहरुबीच छलफल हुने कार्यक्रम छ ।’

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले स्वास्थ्य सावधानी बलियो रुपमा नअपनाइ गाडी चलाउन नसकिने भनाइ दोहोर्‍याए । उनले चालक, सहचालकको कोरोना स्वास्थ्य बीमा गराउने, गाडी कहाँ-कहाँ गाडी रोक्ने, सुरक्षाका उपायबारे कार्यविधि बनिसकेको जनाउँदै विभागसँग छलफलपछि निर्णयमा पुगिने बताए ।

सरकारले कोरोना संक्रमण दर घट्दै गएको भन्दै असार २३ को मन्त्रिपरिषद् बैठकको निर्णयले काठमाडौं उपत्यकाका तीन जिल्लाभित्र र उपत्यका बाहिर जिल्लाभित्र मात्रै सार्वजनिक यातायातका साधन चल्न दिने निर्णय गरेको थियो । त्यसपछि उपत्यकामा साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पोहरु गुड्न थालिसकेका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्