Thursday, May 2
Shadow

अनलाइन क्लास बन्द नगर्नू शिक्षा मन्त्रालयको अनुरोध


  • -इ
  • इ+

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ।

निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र नेसनल प्याब्सनले अनलाइन क्लास बन्द गरेको मन्त्रालयले विषम परिस्थितिमा सिकाइ सहजीकरण कार्य नरोक्न भनेको हो।

प्याब्सन र नेसनल प्याब्सनले साउन १ गतेदेखि अनलाइन क्लास बन्द गरेका छन्। शिक्षक तथा कर्मचारीलाई बेलतबी बिदा दिएका छन्।

मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले निजी लगानीका विद्यालयहरूले स्थगन गरेका सिकाइ सहजीकरण कार्यलाई निरन्तरता दिन अनुरोध गरेका हुन्।निजी लगानीका विद्यालयमा उत्पन्न समस्याका विषयमा मन्त्रालयले सरोकारवालासँग परामर्श गरिरहेको शर्माले उल्लेख गरेका छन्।

निजी विद्यालय सञ्चालकहरूले सरकारले राहतको व्यवस्था तथा सहुलियत दिनुपर्नेलगायत माग राखेका छन्।

सिकाइ सहजीकरण कार्यक्रम कार्यान्वयनमा कुनै व्यवहारिक समस्या आए शिक्षण संस्थाले सम्बन्धित स्थानीय तहसँग परामर्श गरी निर्देशनअनुसार गर्न सक्ने विषयमा मन्त्रालयबाट यसअघि नै प्रष्ट पारिएको शर्माले बताएका छन्।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्