Friday, May 17
Shadow

क्लासिक टेकका ग्राहक ठगिए


  • -इ
  • इ+

काठमाडौं । इन्टरनेट प्रदायक कम्पनी क्लासिक टेकबाट गोठाटारका ग्राहकहरु ठगिएका छन् । दशकअघिदेखि सञ्चालित यो इन्टरनेट सेवाबाट काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिकाका बासिन्दाले अाफूहरू ठगिएकाे अभियानपोष्टसँग गुनासो गरे ।

गोठाटारका एक बासिन्दा धनबहादुर ऐरी भन्छन्, ‘क्लासिक टेकको नेट नचलेको हप्तादिन भो, ५० चोटी फोन गर्दा पनि बनाउन आउँदैन, आउँछु आउँछु भन्ने तर वास्तै नगर्ने भएकाले हामी गाठोटारका बासिन्दा क्लासिक टिथबाट ठगियौं ।’

त्यतिमात्र नभई नेटसँगै टिभी लाइन फ्री भनेपनि नेट स्पष्ट कहिल्यै नआउने त्यहाँका ग्राहकले गुनासो गरे ।

‘यहाँको ब्राञ्च अफिसकै समस्या हो कि केन्द्रीय कार्यालयकै समस्या हो त्यो थाहा भएन तर एकवर्षकै पैसा भुक्तानी गरेर पनि हामी ठगियौं’ ऐरीले गुनासो गरे । इन्टरनेटकाे अफिसमा सम्पर्क गर्दा फाेन उठेन ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्