Saturday, May 4
Shadow

ट्रेकिङ खुला गर्ने विषयमा क्वारेन्टाइनको प्रावधान अन्योलमा


  • -इ
  • इ+

सरकारले भदौ १ गतेबाट सबै क्षेत्र खुला गर्ने तयारी गरेको छ। सरकारी तयारीसँगै  पर्यटन विभागले पनि पदयात्रा (ट्रेकिङ) तथा पर्वतारोहण खुला गर्ने विषयमा छलफल थालेको छ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार  भदौ १ गतेबाट पदयात्रा तथा पर्वतारोहण खुला गर्ने विषयमा छलफल भइरहेको छ।
‘पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल आउने पर्यटकले सोधखोज गर्न थालेका छन्,’ तामाङले भने, ‘विभागले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिका तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सुरक्षा निर्देशिका पूर्ण रुपमा पालना गर्ने गरी काम अगाडि बढाएका छौं।

तर, नेपाल आउने पर्यटकको हकमा लागू हुने क्वारेन्टाइन तथा आइसोलेसनको विषयले अन्योल भएको तामाङ बताउँछन्।

अहिले नेपालमा १४ दिनको क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था छ। ‘पर्यटकका हकमा १४ दिनसम्म क्वारेन्टाइन बस्ने विषय सम्भव नभएको भन्दै हामीले सिसिएमसीमा पठाएका छौं,’ तामाङले भने, ‘यस्तो व्यवस्थालाई एक सातासम्म कम गर्नुपर्ने हुन्छ।’

नेपाल आएको केही दिनभित्रै पिसीआर परीक्षण गरेर केही दिनमात्रै आइसोलेसनमा राखेर पर्यटकलाई गन्तव्यमा जान दिनुपर्ने उनको भनाइ छ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्