Sunday, June 16
Shadow

विदेशबाट बिहीबार एकै दिन घर आए १४६६ नेपाली


  • -इ
  • इ+

बिहीबार विभिन्न मुलुकबाट एकैदिन १४६६ जना नेपाली काठमाडौं आएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहीबार एक दर्जन उडानबाट यो संख्यामा नेपाली घर फर्किएका हुन् ।

बिहीबार हिमालय एयरलाइन्सले दमामबाट १५४ जना नेपालीलाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले रियादबाट २५९ नेपालीलाई काठमाडौं  ल्याएको छ ।

हिमालयले दोहाबाट १ सय ५७ जनालाई घर फर्कायो । नेपाल एयरलाइन्सले दमामबाट १ सय ४४ जनालाई काठमाडौं ल्याएको विमानस्थलको तथ्यांक छ ।

मालिन्दो एयरले क्वालालाम्पुरबाट १७८ जनालाई काठमाडौं ल्याएको छ । एयर अरेवियाले सारजहाबाट १६८ नेपालीलाई घर फर्काएको छ । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सले ७६ जना यात्रु बोकेको थियो ।

एयर अरेबियाको दोस्रो उडानबाट बिहीबार नै १ सय ६६ जना यात्रु काठमाडौं आए । बिहीबार नेपाल एयरलाइन्सका दुई जहाज दुबई र रियाद उड्नेछन् । यी जहाज शुक्रबार आउने कार्यक्रम छ ।
शुक्रबार भने विभिन्न गन्तब्यमा कुल १४ उडान/अवतरणको तालीका छ । आन्तरिकतर्फ बिहीबार तारा एयर कार्गो बोकेर लुक्ला गएको छ ।

समिट एयर पनि काठमाडौंबाट रामेछाप पुगेर लुक्ला गएको छ । समिटिको अर्को जहाजले लुक्ला उडान गरेको छ । सिमि्रक हेली चन्द्रगढी उडेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्