उपत्यकाका सबै यातायात कार्यालयको सेवाहरु बन्द
कोरोना भाइरको संक्रमण बढेसँगै उपत्यकाका सबै यातायात कार्यालयहरूले दिने सबै सेवा बन्द गरेका छन्। कार्यालयहरूले सूचना जारी गर्दै आज (भदौ २)देखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका हुन्।
असार १ देखि सरकारले लकडाउन केही खुकुलो बनाएसँगै यातायात कार्यालयहरूले सेवा सुरू गरेका थिए। उपत्यकालगायत देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै सरकारले पुनः भिडभाड हुने कार्यालयको सेवा स्थगन गर्न भनेको थियो।

