Saturday, May 18
Shadow

उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी हुदै


  • -इ
  • इ+

काठमाडौं उपत्यकामा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा लागू गर्ने तयारी भएको छ।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु उपत्यकामा निषेधाज्ञा गर्ने वा लकडाउन गर्ने भन्ने बारेमा आन्तरिक तयारीमा जुटेका छन्। संक्रमितको संख्या दिनदिनै बढ्दै गएको, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पालना नगरिएको, काठमाडौं बाहिरबाट लुकिछिपी उपत्यकामा भित्रिने क्रम नरोकिएको जस्ता कारणले आवतजावतलाई कडा पार्न के विधि अपनाउने भन्नेबारे केही दिनदेखि छलफलहरु भइरहेको र आज पनि छलफल हुन लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

कोरोनाको हटस्पट बन्यो उपत्यका, दुई हजारभन्दा बढी संक्रमित   काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गत ३० गते रातिदेखि लागू हुने गरी विभिन्न आदेशहरू दिएका थिए। अत्यावश्यक बाहेकका पसल बन्द गर्न, भिडभाड, जात्रा, सभा, जुलुस, महोत्सव जस्ता गतिविधि नगर्न, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्न आम सर्वसाधारणलाई आग्रह गरिएको थियो। तर भीडभाड नरोकिने र कतिपय मानिस स्वास्थ्यका मापदण्ड पालना गर्न आनाकानी गर्ने गर्न थालेपछि थप कडाइ गर्नुपर्ने अवस्था आएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

तीनवटै जिल्ला प्रशासन कार्यालयहरु गृहमन्त्रालयको निर्देशनको पर्खाइमा रहेको र निर्देशन नआए आफै निर्णय लिने तयारीमा रहेको पाण्डेले बताए।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्