Sunday, May 5
Shadow

चोरी भएको घट्नाको असुसन्धान गर्न नेकपा नुवाकाेटको माग


  • -इ
  • इ+

नुवाकोट । जिल्लाकाे पञ्चकन्या गाउँपालिका वडा नं २ मा सामाजिक सुरक्षा भत्ता चोरी भएको घट्नाको असुसन्धान गर्न नेपाल कम्युनिस्ट पार्टी नुवाकाेटले माग गरेकाे छ ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि ल्याईएको रकम ५० लाख र करबाट प्राप्त रकम ३ लाख सहित ५३ लाख रुपैया गत २०७७ चैत्र २४ गते राती चोरी भएको थियाे ।

साे घट्नाप्रति आफनो ध्यानाकर्षण भएको बताउँदै नेपाल कम्युनिस्ट पार्टीले यदि छानविन नगरी रकम चोरीको बहानामा भ्रष्ट्राचारलाई प्रसय दिने काम गरिए जनकार्वाही गर्ने चेतावनी दिएको छ ।

नेकपाका नुवाकोट जिल्ला इन्चार्ज विन्दु र सेक्रेटरी सृजनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त चोरीको घट्नामा संलग्नहरु अहिलेसम्म पनि पत्ता नलागेको र घटनाको अनुसन्धानलाई प्रभावित पार्ने खालका क्रियाकलाप भईरहेकोले उक्त कार्य बन्द गर्न तथा घटनाको सत्य, तथ्य पत्ता लगाई दोषी उपर कार्वाही गर्न माग गरेका छन् ।

नेकपाले जारी गरेको प्रेस विज्ञप्तिमा त्यहाँ बृद्ध, अपाङ्ग, असहाय, एकल महिला लक्षित भत्ता चोरी भएको र उक्त घटनाको अनुसन्धान प्रभावीत गर्ने काम भएकोमा अापति जनाएकाे छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्