Wednesday, May 8
Shadow

नेपाल बैकर्स संघ: राष्ट्र बैंक र गृह मन्त्रालयको बैठकपछि मात्रै बैंक खोल्ने


  • -इ
  • इ+

बैंक तथा वित्तीय संस्था अत्यावश्यक क्षेत्रमा राखिए पनि बिहीबार उपत्यकाका सम्पूर्ण बैंक बन्द भएका छन् । प्रहरीले कर्मचारीलाई अनावश्यक रुपमा दुःख दिएको भन्दै उपत्याकाका सबै बैंक बन्द भएका हुन् ।

बैंकर्स अनिल केशरी शाहले प्रहरीले अवरोध पु¥याएपछि बैंक बन्द गर्नुपरेको बताए । सरकारले बुधबार रातिदेखि निषेधआज्ञा जारी गरे पनि बैंकलाई अत्यावश्यक सेवाभित्र राखेको छ । २७ वटा वाणिज्य बैंकले आवश्यकता हेरी काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा १ शाखा खोल्न पाउने व्यवस्था गरिएको थियो ।

तर प्रहरीले कर्मचारीलाई घर पनि जान नदिने, कार्यालय पनि जान नदिई लाइन लगाएपछि नेपाल बैकर्स संघले सबै बैंक बन्द गर्ने निर्णयमा पुगेको हो । सरकारको निर्देशन कार्यान्वयन गर्न बैंक तयार भए पनि सहमति अनुसार शाखा कार्यालय खोल्न जाँदा कर्मचारीले असहज परिस्थिति सामाना गरेपछि अन्योल सिर्जना भएको शाहले बताए ।

‘आज खोल्न जाँदा सरकारको विपरित भएजस्तो देखियो,’उनले भने, कर्मचारीलाई घण्टौ उभ्याएर कोरोनोको जोखिम बढाएको अनुभूति भयो ।’ बैंक तथा वित्तीय सरकार विरोधी कहिल्यै नजाने भन्दै शाहले नेपाल बैंकर्स, राष्ट्र बैंक र गृह मन्त्रालयको बैठकपछि मात्रै शुक्रबारदेखि बैंक खोल्ने नखोल्ने निष्कर्षमा पुग्न सकिने बताए । ‘एटिएममा पैसा हाल्न पनि बैंक पुग्नुपर्छ,’ शाहले भने, ‘यसरी बैंक पुग्नै नपाएपछि त  एटिएम पनि बन्द हुनसक्ने सम्भावना देखियो ।’

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्