Sunday, May 5
Shadow

पत्रकारकाे काेराेना परिक्षण निशुल्क गर्न महासंघकाे आग्रह


  • -इ
  • इ+

काठमाडौं । उपत्यका र उपत्यकाबाहिर कार्यरत सञ्चारकर्मीमा कोरोनाभाइरस संक्रमण हुने क्रम बढेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण पछिल्ला दिनहरुमा नेपालमा तीव्र गतिमा फैलिँदै गर्दा सञ्चारकर्मीपनि धमाधम संक्रमित हुन थालेका हुन् ।

नेपाल पत्रकार सहासंघले पछिल्लो समय अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा संक्रमण देखिने क्रम बढेको जनाएको छ । महासंघका अनुसार हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् भने विशेषगरी फिल्डमा खटिने संवाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् ।

महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ । साथै महामारीको यो समयमा आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत महासंघले विज्ञप्तिमार्फत आम सञ्चारकर्मीहरुमा अपिल गरेको छ ।

‘सञ्चार प्रतिष्ठानहरूले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोग संगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासंघ आग्रह गर्दछ’, महासंघले भनेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्