Tuesday, May 7
Shadow

संसद विघटनको साइड इफेक्ट : सेयर बजारमा ९६.८८ अंकको गिरावट


  • -इ
  • इ+

काठमाडौं, ५ पुस । आज सेयर बजार नेप्से परिसूचक ९६.८८ अंकले घटेको छ । संसद विघटनको साइड इफेक्ट शेयर बजारमा पन  परेको देेेइएको हो । आइतबार २०४६.५७ मा खुलेको सेयर बजार ९६.८८ अंकले घटेर १९३५.६४ अंकमा पुगेको हो।आइतबार १९८ कम्पनीको सेयर एक करोड ४० लाख ३० हजार ७४९ पटक किनबेच हुँदा कारोबार रकम भने ८ अर्ब ७० करोड ८५ लाख भन्दा धेरै भएको छ । आज नेप्सेमा कारोबार भएका सबै समूहमा गिरावट आएको छ।

कारोबार भएका १२ मध्ये सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको परिसूचक ६६९ अंकले घटेको छ। यस्तै, निर्जीवन बीमा कम्पनी समूहको सूचक ५२९ अंकले घटेको छ। यी दुईलगायत सबै समूहमा ठूलो अंकको गिरावट आएको छ

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्