Friday, May 3
Shadow

प्रतिक्रियावादी र साम्राज्यवादी घुसपैठले संसदीय व्यवस्थामा संकट निम्तिनु स्वभाविक : विप्लव


  • -इ
  • इ+

काठमाडौं : पुष ५, नेकपाका महासचिव विप्लवले संसदीय व्यवस्थाको असफलताले वैज्ञानिक समाजवादको आवश्यकतालाई निर्विकल्प पुष्टि गरेको बताएका छन् ।
महासचिव विप्लवले नेपाली जनताको अग्रगामी एवं रुपान्तरणकारी चाहना र दलाल पुँजीवादी राज्यव्यवस्थाको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरुले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरेपनि यो असफलता र संकट आउनु स्वभाविक भएको बताएका छन् ।

उनले जनताको शान्ति र प्रगतिको आकांक्षा पुरा गर्न असफल हुँदा फासीवादको सहारामा आफ्नो संकट तार्न खोज्ने संसदवादी तत्वको विश्वव्यापी चरित्र अनुसार केपी वलीले संसद विघटनजस्तो कदम चालेको बताएका छन् ।

संसदीय व्यवस्थाको गोलचक्करबाट जनताको समस्या समाधान होला भन्ने भ्रममा पर्नु गलत भएको भन्दै महासचिव विप्लवले यो संकटको वास्तविक समाधान, शान्ति, स्थीरता, स्वाधीता र समृद्धिका लागी वैज्ञानिक समाजवाद स्थापनार्थ सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील, देशभक्त शक्तिहरुलाई नयाँ आधारमा ऐतिहासिक संवाद, सहकार्य र मोर्चाबन्दीमा जुट्न आग्रह समेत गरेका छन् ।

महासचिव विप्लवले सम्पूर्ण नागरिकलाई आमुल परिवर्तनकारी संघर्षमा सहभागि बन्न र सहयोग गर्न अपिल समेत गरेका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्