Thursday, May 23
Shadow

गोयलसँग ओलीको त्यो गोप्य भेट, जसले खोलिदियो नक्कली राष्ट्रवादको जाम


  • -इ
  • इ+

आफ्नै सहमतिमा छापिएको सीमा समस्यासम्बन्धी किताब शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई वितरण नगर्न निर्देशन दिँदा उनको झुकाव भारततिर बढिरहेको प्रतीत भइसकेको थियो ।

उनले गोलसँगको भेट सकभर गोप्य राख्न खोजेका थिए तर गोयल पक्षले नै त्यसलाई प्रचारमा ल्याइदिएपछि मध्यरातको भेट ढिलो गरी सार्वजनिक गर्न बालुवाटार बाध्य भयो । रअ प्रमुखसँगको अपरादर्शी भेटपछि नेकपाको संकट गहिरियो र ओली स्वयम् राष्ट्रवादी छवि पार्टीभित्र–बाहिर दुवैतिर धुमिलिँदै गयो ।

लिपुलेक सीमा विवादका विषयमा विवादास्पद टिप्पणी गरेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नवरणेलाई उक्त विवाद कायमै रहेका बेला काठमाडौँ आउने निम्तो दिइयो । यता, आन्तरिक राजनीति चर्किरहेका बेला मंसिर २५ गते भारतको सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले एकाएक काठमाडौँ ओर्लिए ।

उनीसँग प्रधानमन्त्रीको भेट पनि सुरुमा गोप्य नै राख्न खोजिएको थियो । चौथाइवाले आफैले ट्वीट गर्दै नेकपा महासचिव विष्णु पौडेलले काठमाडौँ भ्रमणको निम्तो दिएको खुलासा गरेपछि त्यो भेट गोप्य रहेन । पार्टी विदेश विभागलाई सामान्य जानकारी पनि चौथाइवालेलाई बोलाएको भन्दै फेरि एक पटक नेकपाभित्र ओली कार्यशैलीको आलोचना भयो ।

बालुवाटरले यी पछिल्ला भ्रमणहरुबाट दिल्लीसँग विश्वासको सम्बन्ध बढाउन चाहेको देखिन्छ । तर यस क्रममा देखिएको अपारदर्शी प्रवृत्तिले प्रधानमन्त्री ओलीको राष्ट्रवादी छविलाई क्रमशः कमजोर बनाउँदै लगेको छ।  उनका आफ्नै पूर्वअडानहरु पनि खस्कँदै गएको देखिन्छ । आफ्नो सत्ता जोगाउनका लागि पाँच वर्षअघि हासिल गरेको राष्ट्रवादी छविलाई पनि दाउमा लगाए । आजको कान्तिपुुर दैनिकमा खबर छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्