Sunday, May 5
Shadow

प्रदेश सभा सदस्य नेपालको नेतृत्वमा स्वास्थ्य सामाग्री वितरण


  • -इ
  • इ+

सिन्धुपाल्चोक । पछिल्ला दिनहरुमा कोभिड-१९ को दोश्रो संक्रमणको लहर जिल्लाका गाउँ -गाउँसम्म फैलिए पछि जनप्रतिनिधिहरु समेत स्वास्थ्य सामाग्री सहित आ-आफ्नो निर्वाचन क्षेत्रका गाउँपालिका स्वस्थ्य चौकी पुग्न थालेका छन।

पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य अरुण नेपालको नेतृत्वमा सिन्धुपाल्चोक क्षेत्र न. १ का स्थानीयनिकाय मार्फत स्वास्थ्य चौकीहरुमा वितरणका लागि कोभिड- १९ महामारीसंग सम्वन्धित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। जिल्लाको बाह्रविसे नगर पालिका सहित बलेफी, जुगल,सुनकोशी, लिसंखु,खाडीचौर,त्रिपुरा सुन्दरी र भोटेकोशी गाउँपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।

स्थानीय जनप्रतिनिधिहरु मार्फत स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री बितरणका लागि स्थानीय निकाय नगर पालिका र गाउँपालिकाहरुमा हस्तान्तरण गरिएको प्रदेश सभा सदस्य अरुण नेपालले बताउनु भयो। कोभिड-१९ रोग रोकथाम, पीडितलाई राहत तथा सहयोग पुर्याउन र आवस्यक स्वास्थ्य सामाग्री जुटाउन प्रदेश सभा सदस्य नेपालको संयोजकत्वमा एक समिति पनि गठन गरिएको छ।

समिति मार्फत उपलब्ध स्वास्थ्य सामाग्री एवं राहतलाई समानुपातिक तवरमा वितरण गर्दै लगिने नेपालले बताउनु भयो। प्रदेश सभा सदस्य नेपालको अगुवाईमा जिल्लाका ब्यवसायी एवं पार्टीका नेताहरु टपेन्द्र तिमिल्सिना,प्रदिप पौडेल,सागर घिमिरे,आङदोर्जे शेर्पा,लाक्पा शेर्पा कृष्ण कार्की,तिर्थ पौडेल, दामोदर ढकाल लगायतको सक्रियतामा बाह्रविसे नगर पालिका सहित ७ वटा गाउँपालिकामा अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो।

कोरोना महामारीको विषम घडीमा सहयोग पुर्याउनुहुने सम्पुर्ण सहयोगी दाताहरुलाई संसद नेपालले धन्यवाद व्यक्त गरेका छन।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्