Sunday, May 5
Shadow

मेलम्चीमा भिषण बाढी/पहिरो, सातजनाकाे मृत्यु


  • -इ
  • इ+

सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोका कारण सिन्धुपाल्चोकको मेल्चीमा आएको बाढीले ठूलो क्षति गरेको छ । हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो पनि गएको छ । अहिलेसम्म सात जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

हेलम्बुदेखि उर्लिएर नदि किनार करिडोरमा बितण्डा मच्याउँदै आएको बाढीले सदरमुकाम चौतारा जोड्ने पक्कि पुल बगाएको छ । राती करिब पौने २ बजेको समयमा चौताराबाट नवलपुर हुँदै सवारी बाट मेलम्ची जोड्ने पुल बाढीले भत्काएको हो । भिषण बाढी र पहिरोले आसपासका बस्तिहरु बगाएको छ । रातिको समय र विद्यूत सेवा पनि अवरुद्ध भएकाले क्षतिको आँकलन हुन सकेको छैन ।

बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए ।

‘मानवीय क्षतिको वास्तविक विवरण आएको छैन,’ उनले भने, ‘दुई महिला र पाँच पुरुष बेपत्ता भएको आशंका छ,’ उनले भने । हेलम्बुस्थित प्रहरी कार्यालय र मेलम्ची खानेपानी आयोजनाको चिनियाँ क्याम्प, सशस्त्र क्याम्पमा पनि बाढीले क्षति पुर्‍याएको छ ।

प्रहरीका अनुसार बाढीबाट विस्थापित भएका दर्जनभन्दा बढी परिवारमध्ये अधिकांशले खुला आकाशमुनि रात बिताएका छन् । हेलम्बु–२ किउलबासीका राजकुमार भण्डारीले घरमाथि रहेको बारीको पाटामा आश्रय लिएको जनाए ।
मेलम्ची आयोजनाको सुरक्षार्थ रहेको सशस्त्र प्रहरी र चिनीयाको क्याम्प पनि डुबानमा परेका छन् । ५० जनाभन्दा बढी सम्पर्क विहिन छन् ।
बाढीले गरेको प्रारम्भिक क्षतिहरुमा हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटि पार्क रहेको स्थानीयले जनाएका छन् ।

मेलम्चिमा बहुउद्देश्यीय कभर्डहल, मेलम्ची फन पार्क, होटल रेष्टुरेन्ट, घर घडेरी, खेत, पुल, ट्राउट फर्म आदि गरि अर्बौं को क्षति भएको स्थानुय सिपी दुलालले बताउनुभयो ।

मेलम्ची बाढीबाट बिस्थापित भएकाहरू अधिकांशले रात खुला आकाशमा बिताएका छन् । बाढीको जोखिम झनै बढेपछि सुरक्षित स्थान खोज्दै बिस्थापितले रात कटाएका छन् । अहिले उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्