Monday, February 26
Shadow

यी क्षेत्रमा मेघगर्जन/चट्याङसहित भारी वर्षा


  • -इ
  • इ+

काठमाडौं । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा गए रातिदेखिनै निरन्तर हल्का वर्षा भइरहेको छ । उपत्यकाको आकाश पूर्ण बदली रहेको छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशकाका केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । राति पनि यही मौसमी प्रणाली जारी रहनेछ ।

भोलि शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित भारीरथोरै भारी वर्षाको सम्भावना रहेको छ ।

असार १९ गते शनिबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी धेरै भारी वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको अधिकतम २८ र न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्