Saturday, May 18
Shadow

लामो दूरीका सवारीसाधन चल्ने


  • -इ
  • इ+

काठमाडौं । गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डलगायत विभिन्न निकायबाट लिइने परीक्षामा सहभागी परीक्षार्थीहरूको सुविधाका लागि सार्वजनिक यातायात सेवा सञ्चालन गर्न लागिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि नै परीक्षार्थीहरूको यातायात सुविधाका लागि मध्यम र लामो दूरीका यातायातका साधनहरू सामाजिक दूरीको पालना गरी सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

गृह प्रवक्ता जनकराज दाहालले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी आवश्यक मापदण्डको पालना गरी सार्वजनिक यातायातका साधन सञ्चालनमा सहजीकरण गर्न सम्बद्ध निकायलाई निर्देशन भएको बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्