Sunday, May 5
Shadow

भारतबाट ४ जना बालिकाको उद्धार


  • -इ
  • इ+

बांके । शान्ति पुनर्स्थापना गृहले ४ जना बालिकाको उद्धार गरेको छ । शुक्रबार शान्ति पुनर्स्थापना गृहको शाखा कार्यालय नेपालगन्जले ४ जना बालिकाको उद्धार गरेको हो ।

भारतको उन्नाउबाट कैलालिको तीन र बर्दियाका एक जना बालिकाको उद्धार गरेको हो । गृहले उद्धार गरिएकी कैलालीकी १५,१८,१८ बर्षकी तीन जना बालिका छन् भने बर्दियाकी १७ बर्षकी बालिका रहेकी छन् ।

उनिहरुलाइ गृहले भारतको उन्नाव अरोडा कम्पनीको मिट लाईनमा काम गराउदै गर्दा उद्धार गरेको हो। उनिहरुलाइ कम पारिश्रमिकमा १२ घन्टा भन्दा बढी काम गर्नुपर्ने बाहिर निस्किन नदिइ व्यवहार बाल शोषण गरेको गृहले जनाएको छ ।

उनिहरुलाइ भारतको उन्नाउबाट शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय नेपालगन्ज हेल्प क्रस टृसटसगको सहकार्यमा उद्दार गर्दै शनिबार इलाका प्रहरी कार्यालय टिकापुर कैलालीको सहयोगमा कैलालीका ३ बालिका र इलाका प्रहरी कार्यलय राजापुरको सहयोमा बर्दियाकी बालिकालाई आफन्तको जिम्मा लगाइएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्