टुबोर्ग बियरका बिरगंज शाखा प्रबन्धक पुकार बुर्लाकोटी माथी ठगिको आरोप
वीरगञ्ज । मधेस माटी महोत्सवजस्तो महत्वपूर्ण सांस्कृतिक कार्यक्रम नै आर्थिक सहमतिमा धोकाभाव देखिएपछि गम्भीर विवादमा परेको छ। महोत्सव आयोजकसमक्ष गोर्खा बृवेरी कम्पनी प्रा.लि. वीरगञ्ज शाखाका प्रबन्धक पुकार बुर्लाकोटीले गरेको सहमति पालना नगरेको आरोप सार्वजनिक भएपछि घटना थप जटिल बनेको छ।
आयोजक समितिका अनुसार प्रबन्धक बुर्लाकोटीले महोत्सवमा स्टल सञ्चालन तथा कार्यक्रमको टाइटल स्पोन्सर बन्ने सर्तसहित कुल रु. ६०,००० बुझाउने र कार्यक्रमका कुल खर्चमध्ये ३५ प्रतिशत व्यहोर्ने प्रतिवद्धता जनाएका थिए। तर, सो सहमति पूरा नगरी उल्टै विभिन्न बहाना बनाई भुक्तानी टार्दै आएको आयोजकहरूको दाबी छ।
समितिले बुर्लाकोटीले रकम नदिएको मात्र नभई दवाब तथा धाकधम्कीसमेत दिएको गम्भीर आरोप लगाएको छ। “सहमति अनुसारको एक रुपैयाँ पनि नआएपछि आर्थिक भार झन् बढ्दै गएको छ, अब हामी कानुनी बाटोबाटै अघि बढ्छौं,” आयोजक पक्षले जनाएको छ।
उता, आरोपबारे बुझ्न गोर्खा बृवेरी कम्पनी प्रा.लि. वीरगञ्ज शाखाका प्रबन्धक पुकार बुर्लाकोटीलाई सम्पर्क गर्ने प्रयास गरिए पनि कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
सांस्कृतिक कार्यक्रममार्फत मधेसको पहिचान र संस्कृतिको प्रवर्द्धन गरिँदै आएको बेला यस्ता विवाद सतहमा आउनुले स्थानीय समुदायमा समेत असन्तुष्टि र चासो बढेको छ। आयोजकले सम्बन्धित पक्षले छिटोभन्दा छिटो आफ्नो दायित्व पूरा गरी उत्पन्न विवाद समाधान गर्न आग्रह गरेका छन्।
आयोजक पक्षले अब कानूनअनुसार आवश्यक सम्पूर्ण कारबाही अघि बढाइने स्पष्ट चेतावनीसमेत दिएको छ।

